सिँजादर्पण काठमाडौं । युएई र ओमानमा भइरहेको आईसीसी टी(२० विश्वकप विश्वकप चलिरहेको छ । २ओटा खेल जित्दै श्रीलंकाभने सुपर १२ मा छनोट भएको छ । श्रीलंकाको राम्रो प्रदशनी देखियको छ ।पहिलो चरणअन्तर्गत बुधबार भएको समूह ए को खेलमा श्रीलंकाले आयरल्याण्डलाई ७० रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।दुई खेलबाट चार अंक जोडेको श्रीलंकाले नेदरल्याण्ड्ससँग अन्तिम खेल खेल्नुअघि नै सुपर १२ मा स्थान पक्का गरेको हो । लगातार दुई खेल हारेको नेदरल्याण्ड्स भने पहिलो चरणबाटै बाहिरिएको छ ।
अब आयरल्याण्ड र नामिबियाबीच हुने खेलको विजेता सुपर १२ मा पुग्नेछ ।आबुधाबीस्थित जायद क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलंकाले दिएको १७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १८।३ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । आयरल्याण्डका लागि कप्तान एन्डी बेलब्रिनले सर्वाधिक ४१ र कर्टिस क्याम्परले २४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।आयरल्याण्डलाई अलआउट गर्न श्रीलंकाका महिश थिक्शानाले ३ तथा चमिका करुणारत्ने र लहिरु कुरमाले दुईरदुई विकेट लिए ।
थिक्शानाले ४ ओभरमा १७ रन खर्चँदा लहिरुले २२ रन खर्चिए । वानिन्दु हसारंग दे शिल्भाले चार ओभरमा १२ रन मात्र खर्चेर एक विकेट लिए । दुशमन्थ चमिराले पनि एक विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले सात विकेट गुमाएर १७१ रन बनाएको थियो । ८ रनमै तीन विकेट गुमाएको श्रीलंकाको इनिङ्स ओपनर पथुम निसाका र अलराउण्डर वानिन्दु हसरंगाले सम्हालेका थिए ।
चौथो विकेटका लागि यी दुईले १२३ रनको साझेदारी गरे । हसरंगाले ४७ बल खेल्दै १० चौका र १ छक्का मद्दतमा सर्वाधिक ७१ रन बनाए । निसाकाले ४७ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ६१ रन जोडे । कप्तान दसुन सनाकाले ११ बलमा २ चौका र १ छक्का प्रहार गरी अविजित २१ रन बनाए ।बलिङमा आयरल्याण्डका जोस लिटलले चार ओभरमा २४ रन खर्चेर ४ तथा मार्क एडेरले दुई विकेट लिए ।
