सिँजादर्पण १३ मंसिर, चितवन । नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय टीका केही सदस्य निर्विरोध निर्वाचित भएका छन् ।अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका थिए । तर उनले पेश गरेको सूचीमा नभएकाहरुले समेत उम्मेदवारी दिएका कारण धेरैमा निर्विरोध हुन सकेन ।अध्यक्षमा ओलीसँग भीम रावलको उम्मेदवारी परेको छ । उपाध्यक्ष र सचिवमा पनि निर्वाचन हुने भएको छ । ६ उपाध्यक्षका लागि ७ र ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्वारोध निर्वाचित भएका छन् ।केन्द्रीय सदस्यहरुमा पनि केही निर्विरोध भएका छन् । खुला, आदिवासी जनजाति लगायतका धेरै उम्मेवार परेको ठाउँमा पनि सहमतिको प्रयास भइरहेको छ ।
उम्मेदवारी दर्ताकै आधारमा कोको भए निर्विरोध मधेसी महिला कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी साह, शिला यादव र सरिता गिरी यादव ।मुस्लिम महिला साजिदा खातुन सिद्धिकी ।दलित महिला स् विष्णुमाया विक, रामरति देवी राम, शिवकुमारी गोतामे र सबिता रसाईली
पिछडिएको क्षेत्र महिला बद्मीकुमारी बोहरा
श्रमिक खुला विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा ।महिला मञ्जु कुमारी थापा मगर र सीता लामा । उपत्यका विशेष खुला स् माधव ढुंगेल ,महिला स् विनाकुमारी श्रेष् सम्पर्क समन्वय खुला स् नरेन्द्र श्रेष्ठप्रदेश १ महिला स् उषाकला राई, निरा खनाल र मेनुका काफ्लेप्रदेश २खुला स् अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेलमहिला स् कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा
बाग्मती
महिला स् पार्वती रावल, पेम्बा लामा र रचना खड्क गण्डकी खुला इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारीमहिला नरदेवी पुन, मिनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्री लुम्बिनीखुला खेममान खड्का, दिनेश पन्थी, नविन रोका, भूमिश्वर ढकाल, लीला गिरी र हरि रिजालमहिला मेनुका पोखरेल, सरिता खनाल र साबित्रा अर्याल
कर्णाली महिला तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल
