सिंजादर्पण तनहुँ ।स्थानीय गाउँ बस्तिमा अन्यायमा परेकालाई न्याय दिनका लागि र मेलमिलाप गर्न शुक्लागण्डकी नगरपालिकाको न्यायिक समितीले नया रचनात्मक कामको थालनि गरेको छ । त्यसका लागि शुक्लागण्डकी नगरपालिका दुलेगौंडाको आयोजना र प्राबिधिक सहयोग भने शुक्लागण्डकी मेलमिलाप समितिले गरेको छ । कार्यक्रममा वडा न १ १२ का स्थानीय बासिन्दा हरुलाइ मेलमिलाप कर्ता हरुलाइ ४८ घण्टे आधारभुत आबासिय तालिम सञ्चालन भएको छ। उक्त कार्यक्रम ८ दिन सम्म चल्ने आयोजकले बताए ।कार्यक्रमककी प्रमुखतथा अतिथि नगरपालिकाकी उप मेयर सबिता रसाइलीले ब्यानर पढेर औपचारिक रुपमा उदघाट्न गर्नुभएको हो ।

कार्यक्रमका अध्यक्ष पदम प्रर्साद शर्मा तिमिल्सिनाले गरेका छ्न भने । उद्घाटन कार्यक्रममा सबै वडाका वडा अध्यक्ष हरुको पनि उपस्थिती रहेको छ । स्थानीय राजनीति दल हरु पनि कार्यक्रममा आफ्नो मन्तब्य राखे का थिए । मेलमिलाप कार्यक्रमममा प्रत्यक वडा बाट ५ जनाका दरले सहभागि भएको र पहिलो सिप्टमा ३०जना सहभागी हुने आयोजकले बताए । कार्यक्रममा बोल्दै शुक्लागण्डकी नपाका कार्यकारी प्रमुख लिला बल्लभ न्यौपानेले तालिममा सहभागी हरुलाइ सुझाव दिदै सक्रिय रूपमा तालिम लिन आग्रह गर्नुभएको छ । मेलमिलाप कर्ताले तालीम लिएर आफ्नो टोल बस्तिमा न्यायदिने अन्यायमा परेकालाइ सहयोग गर्ने काम गर्नु पर्ने मा न्यौपाने ले जोड दिएका छ्न ।
कार्यक्रमका प्रमुख अतिथि एबम नगर उप प्रमुख सबिता रसाइलीले बोल्दै मेलमिलाप तालीमले गाउँ टोलमा अन्यायमा परेका लाई सहयोग मिल्ने बताएकि छ्न । यो तालीम उत्साह ज नक भएको र सबैलाइ न्याय प्रती सचेत बनाउनुकासाथै अन्यायमापरेका हरुलाइ टोल बस्तिहरुमा मानवीय साहेता गर्ने अबसर पनि मिल्ने बिश्वास ब्यक्त गरेकि छ्न । मानिस लाई कामले काजी बनाउने हो नामले मात्र हुदैन भन्दै आफुहरुले अझै जनताको सुख दुख बुझ्न नसकेको र पार्टी लाई प्राथमिकता दिने सबैको बानीमा सुधार गर्नुपर्ने धारणा ब्यक्त गर्नु भएको छ । यस्ता तालिम बाट कसरि जनताको सेवा हुन्छ त्यसमा सबैको गम्भीर ध्यान जान आवस्यक रहेकाले आफुहरुले न्यायीक समिती बाटै १६ बर्ष टुंगो नलागेका मुदालाइ समाधान गरेको कामको उदाहरण दिदै दहि मथेर घिउ निकाले जस्तै गरि न्याय दिनेकाम गरेको रसाइलीले बाताइन आफू सधैँ जनताको हितमा लागिपरेको पनि उनको भनाइ छ ।
