सिँजादर्पण, काठमाडौं । लामो समय बाट मेडिकल कलेजका सञ्चालकहरुसँग बिभिन्न विद्यार्थी संगठनहरुले चिकित्सा शिक्षा अध्यय गर्ने विद्यार्थी हरुको मागलाई मेडिकल कलेज सञ्नचालक हरुले अटेर गरका छन । नेपाल सरकारले तोकेको शुल्क भन्दा बढि शुल्क असुल्ने मध्यका काठमाडौं विश्वविद्यालयका सञ्न्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमो सो दलेका छन्। उनलाई सिंहदरवारमै माधव नेतृत्वको पार्टीको भातृसंस्था अनेरास्वविूका विद्यार्थीहरुले कालोमोसो दलेका हुन्।
विद्यार्थीहरुसँग अतिरिक्त शूल्क असुल्दै आएका शर्मा शिक्षा मन्त्रालयले डाकेको बैठक सकेर फर्कंदै गर्दा भुइँ तलामा बसेका अनेरास्ववियूका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वमा गएको टोलीले ‘नमस्कार सर’ भन्दै कालोमसो दलेको हो ।कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ, भने अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेको छ । यस घटनाको जिम्मा समाजवादी विद्यार्थी युनियनका अध्यक्ष सुदेश पराजुलीले लिइसकेका छन् ।
कालोमोसो दल्नुअघि उनी शिक्षामन्त्रीले आयोजना गरेको छलफलमा सहभागी भएका थिए। अतिरिक्त शुल्क विवादमा विद्यार्थीहरु आन्दोलित बनेपछि मन्त्रालयले उनलाई छलफलका लागि डाकेको थियो।छलफलपछि शर्माले छात्रावास शुल्क महँगो नलिएको स्पष्ट पारेका थिए। ‘हामीले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिन्छौं भनेका छैनौं। त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको शिक्षण शुल्क एउटै होस् भन्ने हाम्रो माग हो,ु उनले भनेका छन्। चिकित्सा शिक्षा ऐनमा छात्राबास उल्लेख नभए पनि नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा छात्राबासको कुरा उल्लेख भएको उनले बताएका थिए।