सिँजादर्पण काठमाण्डौ । रा.वा.बैंकको आगामी माघ १० गते हुने ५७ औँ वार्षिकोत्सव मनाइने भयको छ । वार्षिकोत्सव आउनु पुर्व रावा बैकले वैकका ग्रहाक हरुलाइ सेवा दीनका लागि बैकंले केहि नयाँ अफर ल्यायको छ । वार्षिक उत्सवको अवसरमा ग्राहकहरुलाई सहुलियत सेवा प्रदान गर्ने भएको छ । राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरुको लागि मोवाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा भारि छुट प्रदान गर्ने भएको छ ।वार्षिकोत्सवको अवसरमा २०७८ माघ १ गते देखि चैतमसान्तसम्म लागू हुने गरी मोवाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
यसका साथै डिम्याट रजिष्ट्रेशन शुल्कमा १०० प्रतिशत छुट गर्ने पनि बैंकले निर्णय गरेको छ । आगामी माघ १० गतेबाट राष्ट्रिय वाणिज्य बैंक ५६ वर्ष पूरा गरी ५७औँ वर्षमा प्रवेश गर्दै छ । यस बैंकले हाल ७७ ओटै जिल्लामा आफ्ना २५७ वटा शाखा कार्यालय,स्थापना गरेको छ । बैकका सेवा ग्राहि हरुलाइ थप सेवा प्रभावकारि वनाउन २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग सेवालाइ सुचारु गरेको छ ।

