सिँजादर्पण,काठमाडौं । कैलालीमा मादक पदार्थ सेवन गरेर स्थानीयसँग विवाद गरेका नेपाली सेनाका सेनानी (मेजर) अशोक शाही सैनिक सेवाबाट बर्खास्तीमा परेका छन् ।सुदूरपश्चिम तालिम शिक्षालयमा कार्यरत उनलाई सैनिक आचरणविपरीत काम गरेको ठहर गर्दै सैनिक अदालतले सेवाबाट हटाउने फैसला गरेको हो ।
गत २१ कात्तिकमा उनले मादकपदार्थ सेवन गरी ब्यारेकबाट निस्किएर स्थानीय युवासँग झगडा गरेका थिए ।कैलालीको चिसापानीस्थित होटल संगममा शाही र होटल सञ्चालक तथा त्यहाँ रक्सी खाइरहेका युवाबीच झगडा भएको थियो । उनले सुरुमा ग्राहकसँग झगडा गरेका थिए । त्यसपछि उनी ब्यारेक फर्किएर हतियारसहित पुनः विवाद गर्न गएका थिए ।
