सिँजादर्पण,काठमाण्डौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार जनाभन्दा बढी व्यक्तिमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।केही दिनयता दैनिक १२ हजारभन्दा बढी सङ्क्रमित फेला परेको यो दोस्रो पटक हो।पछिल्लो वृद्धिसँगै देशभरि रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ८८,९०० नाघेको छ।
पछिल्लो २४ घण्टामा कोभिड(१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या आठ छ।अहिलेको अवस्था के छरु
मङ्गलवार अपराह्न प्रकाशित विवरणअनुसार विगत २४ घण्टामा १८,१०३ वटा परीक्षण पीसीआर विधिबाट र ७,८०६ वटा एन्टिजन विधिबाट कुल २५,९०९ परीक्षण गरिएको थियो।पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ५२ प्रतिशतभन्दा बढीमा र एन्टिजन परीक्षणमा ३३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।हाल देशभरि सङ्क्रमितको सङ्ख्या ८८,९३४ रहेको तथ्याङ्कले देखाउँछ।तीमध्ये ५६,८८२ काठमाण्डू उपत्यकामा रहेको तथ्याङ्कले देखाउँछ।
