सिँजादर्पण,पोखरा ।श्रमजिबि पत्रकारहरुको हक हितका लागि जनपत्रकार संगठन नेपाल गण्डकी प्रदेश समितिले प्रदेश स्थित रहेको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति कार्यालय कास्की पोखराका महासचिव गोबिन्द सुवेदी लाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र लाई पढेर जनपत्रकारका केन्द्रिय सदस्य एबम् गण्डकी प्रदेश संयोजक केबि गाउँले पत्रकार हरुका अधिकार हरु लाई कार्यान्वयन गर्न र गराउनका लागि महासंघको ध्यानाकर्षण गर्नु भएको छ । ५ बुदामा आधारित भइ गण्डकी प्रदेश का पत्रकार हरुको माग र क्षमता वृद्धिको लागि सरकारले दिने सेवासुबिधा न्यायोचित रुपमा बितरण गर्नुपर्ने मा जोडदिनु पर्ने उनको भनाइछ । कोरोनाका कारण ज्यानगुमाउनु भएका पत्रकार हरुका परिवार र बाल बच्चालाई निसुल्क रुपमा पढाउनु पर्नेमा जोड दार माग गरेका छन।

ज्ञापनपत्र ग्रहण गर्दै महासचिब सुबेदीले भने आफुले पत्रकार हरुको हकमा सहयोग गर्दै आएको र फेरीपनि यस्ता माग हरु प्रर्ती आफु सकारात्मक रहेको बताए । पत्रकार हरुले स्वतन्त्र भएर नै पत्रकारीतालाई राम्रो र मर्यादित बनाउन सक्नु पर्नेमा जोड दिनुपर्ने उनको भनाइ छ ।प्रदेश सरकारले पत्रकारको बिकास र क्षेमता वृद्धिकालागि करिब ५५ लाख रुपैया बिनियोजन भएको बताए ।महासचिव सुबेदीले गण्डकी प्रदेश भरिका प्रदेशका जिल्ला स्थित पत्रकार महासंघ मार्फत पत्रकार हरुको क्षेमता अभिवृद्धिका लागी तालीम दिने कार्यक्रम रहेको पनि बताए ।पत्रकार हरु स्वतन्त्र हुनुपर्छ र राजनीति रंगमा गलत काम गर्ने ट्रेन्डको अन्त्य हुनुपर्ने महासचिबले बताए ।
