सिँजादर्पण १५ जेठ, काठमाडौं । आज जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको दिन हो । नेपालमा राजतन्त्र अन्तय भएर विधिवत रुपमा गणतन्त्र स्थापना भएको दिन लाइ सम्झदै अजकै दिनमा देश विदेशमा रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरि गणतन्त्र दिवस मनाइरहेका छन् ।नेपाल सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाएको छ । पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ दिवस मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिकका प्रतीक परेवा पनि उडाइएको छl

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।नेपालमा बिक्रम सम्मत २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते दिवस मनाउने गरिन्छ । गणतन्त्र लोकतन्त्र जेदिवस मनाए पनि आखिरी श्रमिक वार्गको पिडा भन वदलियको छैन सरकारले अझै नागरिकका समस्या समाधान गर्न र महगी कालोवजारी भ्रष्टाचार जस्ता कार्यलाइ रोकेर गणतन्त्रको वास्तितविकता लाइ सवैलाइ अनुभति गराउन आवएकछ अनि मात्र गणतन्त्र दिवस मनायको सार्थक होला 
