सिँजादर्पण काठमाण्डौ ।। नाएक पल शाह रोमान्टीक कलाकार हुन । केहि समय पहिले नाबालिग बलात्कार मुद्दामा थुनामा रहेका पूर्ण विक्रम शाह (पल शाहं) लाई तारेखमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ।उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले तनहुँ अदालतकै आदेश सदर गर्ने निर्णय गरेको हो।तनहुँ उच्च अदालतले गत चैत १० गते आदेश दिँदै पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। ‘उपरोक्त विषयमा तनहुँ जिल्ला अदालतले दिएको आदेश सदर गर्ने इजलासले आदेश दिएको छ,’ उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले भने, ‘आदेशमा तनहुँ जिल्ला अदालतको आदेशलाई परिवर्तन गर्न परेन। अदालत ले उनको मुद्दालाइ अझै लम्वायउने देखियको छ ।
