सिँजादर्पण काठमाण्डौ ।। केही सातादेखि काठमाण्ठू महानगरपालिकासहित उपत्यकाका विभिन्न स्थानको फोहोर व्यवस्थापन नहुँदा कतिपय ठाउँमा दुर्गन्ध फैलिन थालेको गुनासो आइरहेका बेला त्यसले जनस्वास्थ्य समस्या निम्तिने र महामारीू फैलिन सक्ने विज्ञहरूले बताएका छन्।फोहोरका कारण विभिन्न खालका कीटाणु र जीवाणु फैलिने सम्भावना बढ्ने जनस्वास्थ्यविद् तथा चिकित्सकहरू बताउँछन्।स्वास्थ्यका हिसाबले संवेदनशील समूहका व्यक्तिहरूमा स्वास्थ्यसम्बन्धी जोखिम बढी भएको उनीहरूको भनाइ छ।सहरमा थुप्रिएको फोहोर व्यवस्थापन हुन नसकिरहेका बेला चिकित्सकहरूले विशेष सतर्कता अपनाउन उपत्यकावासीलाई आग्रह गरेका छन्।इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं जनस्वास्थ्यविद् डा बाबुराम मरासिनी फोहोर व्यवस्थापन नहुँदा त्यसले धेरैखाले सङ्क्रमण फैलाउन सक्ने बताउँछन्।यस्तो अवस्थाले त झाडापखाला, रगतमासीजस्ता सङ्क्रमण बढेर महामारी पनि फैलिन सक्छ, उनले भने।बैठकको प्रत्यक्ष प्रसारण गर्ने मेयर बालेनको निर्णयबारे तर्कवितर्क, के भन्छ कानुनफोहोर थुपारेर राखेको स्थानमा गन्ध फैलिन्छ, त्यसबाट पनि कीटाणुहरू फैलिन्छन्। फोहोर नजिकै फलफूलरतरकारी पसलहरू छन्। अन्य पसलहरू पनि छन्। ती पसलका खानेकुरा र सामानबाट कीटाणुहरू घरघरमा पुग्न सक्छन्।
