सिँजादर्पण,काठमाडौ l नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा काठमाडौ जिल्ला इन्चार्ज माइला लामाले हामीलाई नेपालमा अमेरिकी प्रभुत्व स्विकार्य नभयको बताउनु भयको छ।अमेरिकी सेनाका जर्नेल तथा हिन्द प्रशान्त क्षेत्रका सैन्य कमान्डर चर्ल्स ए फ्लिप नेपाल भ्रमणमा रहेको बेला पार्टीको केन्द्रिय कार्यक्रम अन्तर्गत सोमबार आयोजित यमसियको कार्यालय घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै लामाले यस्तो कुरा बताएका हुन।
काठमाडौको शान्तिवाटिका र प्रज्ञा भवन चोक गरि दुइतिरबाट शुरु गरियको बिरोध प्रदर्शनलाई दरबारमार्गमा रहेको याक एण्ड यति होटेलमा रहेको यमसियको कार्यालय अगाडि समापन गरियको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता लामाले,आमा भन्दा जन्मियको देश प्यारो हुन्छ, देसप्रती घात गर्नु भन्दा मर्नु वेश हुन्छ ,भन्दै नेता अमेरिका र यमसिसी कै कारण हजारौ युक्रेनिहरुको ज्यान गैरहेको छ र सुन्दर शहरहरु भग्नावशेसमा वदलियका छ्न, अमेरिकाले आज नेपाललाई पनि त्यस्तै भयावह द्वन्दमा पुर्याउन चाहान्छ तर हामीलाई अमेरिकी प्रभुत्व स्विकार्य छैन , देशको स्वाधिनताका लागि अन्तिम सम्म लाड्छौ भन्नू भयो।
प्रधानमन्त्री शेर बहादुर देउवा र ओलिले नेपालका जनताले यमसिसी नपढ्कोले बिरोध गरिरहेका छन भन्नु भनेको जनतालाई गुलाम र अज्ञानि ठान्नु हो भन्दै उनले भनेूदेउवा ओलिले यमसिसी बारे नेपालका नेताहरुले पढेक छैनन भनेका छन म उहाहरुलाई चुनौती दियर भन्छु तपाइहरु जस्ता लाचार र देशद्रोहि नेताहरु भन्दा यो माटोलाई मया गर्ने मजदुर किसान र देशभक्तहरुले कैयौं गुणा पढेका छन , यमसिसी बुझेका छन बरु तपाइहरुको व्यक्तिगत स्वार्थले तपाइहरु जनतालाई मूर्ख देख्दै हुनुहुन्छ , इतिहासले यसको राम्ररी जवाफ दिनेछ। कार्यक्रमको क्रममा गो व्याक अमेरिका, अमेरिकी साम्राज्यवाद मुर्दावाद१ रिजेक्ट यमसिसी १ दलालहरु होसियार जस्ता नाराहरु लगाइयको थियो भने केन्द्रिय सदस्य ओमप्रकाश पुन निर्माण ले समेत मन्तव्य राख्नु भयको थियो साथै कार्यक्रमको संचालन केन्द्रिय सदस्य आस्थाले गरेकी थिइन।
