सिँजादर्पण काठमाण्डौ ।। लडाइँ भइरहेको युक्रेनी सहर सेभेरोडोनेट्स्कका सबै पुलहरू ध्वस्त भएको स्थानीय गभर्नरले बताएका छन्।गभर्नर सेर्हेई हाइडाईले सहरलाई पूर्ण रूपमा विच्छेद गरिएकाले त्यहाँ आपूर्ति व्यवस्था मिलाउन र नागरिकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अब असम्भव भएको बताए।उक्त पूर्वी युक्रेनी सहरमा भीषण लडाइँ भइरहेको छ।त्यहाँ रुसले आफ्ना सेनाहरूलाई सैन्य केन्द्रहरूबाट बाहिर निकालेको युक्रेनी अधिकारीहरूले बताएका छन्।हप्तौँदेखि सेभेरोडोनेट्स्कमा कब्जा गर्नु रुसका लागि उच्च सैन्य लक्ष्य बनेको छ।सेभेरोडोनेट्स्क र नजिकैको सहर लिसिचान्स्क कब्जामा लिँदा मस्कोलाई सम्पूर्ण लुहान्स्क क्षेत्रको नियन्त्रण सहज हुनेछ।
उक्त क्षेत्रका धेरैजसो भू(भागहरू रुस समर्थित पृथकतावादीहरूद्वारा नियन्त्रित छन्।एउटा लडाइँ जसले पूर्वी युक्रेनमा युद्धको नतिजा निर्धारण गर्ने छ ।हप्तौँपछि युक्रेनको राजधानी किएभमा रुसी आक्रमण सेभेरोडोनेट्स्कका सबै तीनवटा पुलहरू ध्वस्त भएको विवरण हाइडाईले टेलीग्राममा पोस्ट गरेका छन्।सहरमा रहेका बासिन्दाहरूलाई अत्यन्तै कठिन परिस्थितिमाू बाँच्न बाध्य पारिएको उनले लेखेका छन्।
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त सहरमा युद्धको मानवीय मूल्य डरलाग्दोू भएको बताएका छन्।विवरणहरूमा जनाइए अनुसार उक्त सहरको लगभग ७० प्रतिशत हिस्सा अब रुसी नियन्त्रणमा पुगेको छ।रुस समर्थित स्वघोषित डोनेट्स्क पिपुल्स रिपब्लिकका सैन्य प्रतिनिधिले उक्त सहरमा बाँकी रहेका युक्रेनी सेनाहरूले ूआत्मसमर्पण गर्नुपर्ने वा ज्यान दिनुपर्नेू बताएका छन्।युक्रेन युद्धका कारण किन विश्वभरि आर्थिक मन्दी हुन सक्छ । राष्ट्रसङ्घीय पारमाणविक निगरानी निकायसँग युक्रेन किन क्रुद्ध । एकजना उच्च रुसी अधिकारीले मस्कोको उद्देश्य भनेको स्वघोषित पिपुल्स रिपब्लिक अफ डोनेट्स्क र लुहान्स्कको रक्षा गर्नु भएको बताए।सामान्य रूपमा ती गणराज्यहरूको रक्षा गर्नु नै यो विशेष सैन्य कारबाहीको मुख्य उद्देश्य हो,ू क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आरआईए नोभोस्ती समाचार एजेन्सीसँग भनेका छन ।
