सिजादर्पण काठमाण्डौ ।। नेपालमा मनसुन भित्रिएको २० दिन भइसक्दा पनि देशका पश्चिमी भागहरूमा अझै ूपर्याप्त पानी पर्न नसक्दाू बर्खे बाली प्रभावित हुने अवस्था आएको स्थानीय अधिकारी र कृषकहरूले बताएका छन्।कतिपय स्थानमा पानीको मुहान सुक्दा खानेपानीको अभाव पनि देखिएको उनीहरूको भनाइ छ।मौसमविद्ले यस वर्ष मनसुन प्रवेश गरेको निकै दिनू हुँदा पनि पश्चिमसम्म पुग्न समय लाग्नु अस्वाभाविक घटनाू भने नभएको बताएका छन । नीहरूका भनाइमा यसअघि पनि कहिलेकहीँ यस्तै प्रवृत्तिू देखिने गरेको थियो।
नेपालमा दुई दिन ढिलो मनसुन भित्रियो, सामान्य वर्षा हुने पूर्वानुमान नेपालमा मनसुन सक्रिय, देशभरि बर्खे झरी सुरु यद्यपि प्राय मनसुन नेपाल प्रवेश गरेको एक सातादेखि १० दिनसम्ममा देशैभरि फैलिसक्ने गरेको थियो।डोटी जिल्लास्थित मौसम फील्ड कार्यालय दिपायलका मौसम विज्ञान सहायक सन्तोष भट्टराईका अनुसार गत वर्ष ठूलो वर्षा हुन थालिसकेको अवधिमा पनि यस पटक त्यस क्षेत्रमा सुक्खा लागिरहेको छ।अहिले पनि यहाँ पानी पर्न सकेको छैन। कहिलेकहीँ सिमसिमे पानी परे पनि ठूलो पानी परेको छैन, उनले भने।
धानको ब्याडमा काम गर्दै एक कृषक सधैँ यस बेला यहाँ पनि ठूलो पानी पर्न थाल्थ्यो यो वर्ष अलि फरक देखियो।उक्त कार्यालयले राखेको मौसमसम्बन्धी विवरणअनुसार गत वर्ष असार १ गते नै त्यहाँ ठूलो वर्षा हुन थालिसकेको थियो।कहिले सुरु होला मनसुन, बढी पानी पर्ने अनुमान किन ?यो बर्खामा २० लाख मानिस विपद्को जोखिममा, कस्तो छ पूर्वतय गत वर्ष असार १ गते यहाँ ४४।२ मिलिमिटर वर्षा भएको अभिलेख छ, । उनले भने, यसपालि असार १० गते आइपुग्दा पनि त्यस्तो ठूलो पानी पर्न सकेको छैन। किसान हरु अझै मर्कामा परेकाछन ।
