सिँजार्दण,काठमाडौँ( सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले संसदीय छानबिन समिति बनाउनुभन्दा पहिला नेकपा एमालेसँग छलफल गर्ने भएको छ।आज बिहान बसेको पूर्व स्थायी कमिटी सदस्यको बैठकले यस्तो निर्णय गरेको हरिबोल गजुरेलले जानकारी दिए।बैठक माओवादीका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको थियो।
बैठकमा प्रचण्डले अर्थमन्त्रीबारे चौतर्फी आलोचना भइरहेको र यो विषयले चाँडै पार पाउनुपर्ने बताएका थिए। आजको बैठकमा पनि अर्थमन्त्री शर्माले आफू निर्दोष रहेको जिकिर गरेका थिए।एमालेले अर्थमन्त्रीबारे छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ।गत १४ जेठको मध्यराति अर्थमन्त्री शर्माले बजेट निमार्णको क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयलाई लिई चौतर्फी आलोचना भइरहेको छ।एमालेले संसदमा अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गर्दै आएको छ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको कुनै पनि प्रस्टीकरण नसुन्ने बताएका छन्।बजेटजस्तो संवेदनशील विषयमा जसरी अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई प्रवेश गराउन भयो, त्यसले राष्ट्रको शीर निहुरिएको छ’, प्रमुख सचेतक भट्टराईले भने, ‘राज्यको लागि अपराध गरेको दण्डनीय व्यक्तिको धारणा हामीले सुन्नु छैन, हामी सुन्दैनौँ।’सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीले रोष्ट्रममा उभिएर धारणा राख्न खोजेको अहिलेसम्म जानकारी नदिएको जनाउँदै जबरजस्ती गर्न खोजिए प्रतिकार गर्ने पनि उनको चेतावनी छ।
