सिँजादर्पण,काठमाडौं ।
कमल विश्वकर्मा
विद्यार्थी माथि अनैतिक सम्बन्धको प्रस्ताव राख्ने पोखरा विश्वविद्यालयको केन्द्रिय विश्वविद्यालयका प्राध्यापक लाई कडा कारबाही गर्न नेकपा निकट अखिल ९क्रान्तिकारी० ले माग गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्राध्यापक ढाकाराज पन्तलाई कारवाही गर्न माग गरिएको हो।
अखिल (क्रान्तिकारी) कास्कीका इन्चार्ज तारा सञ्ज्याल मार्फत जारी गरीएको विज्ञप्तिमा पोखरा विश्वविद्यालयको केन्द्रिय विश्वविद्यालयका प्राध्यापक ढाकाराज पन्तले लामो समय देखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थी माथि समाजिक सञ्जाल मार्फत अनैतीक प्रस्ताव राख्ने गरेको र सो विषय बाहिर आएको खण्डमा राम्रो नहुँने भनि धम्की दिएको कुरा उल्यख गरिएको छ । विश्वविद्यालय जस्तो सम्मानित शिक्षालयमा यस्तो किसिमको व्यवहार हुने कुरा दुःखद, खेदजनक, र लजास्पद छ। यो विषय विद्यार्थलाई डर त्रास र धम्काएर टालटुल पार्न खोजेमा अखिल क्रान्तिकारी संग भएको प्रमाण सार्वजनिक गर्दै कडा संगर्स गर्ने कुरा समेत भनिएको छ
