Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

धान रोप्न हिँडेका ३ किशोरीको शव रूखमा, घटना शंकास्पद


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, साउन ९, २०७९

धान रोप्न हिँडेका ३ किशोरीको शव रूखमा, घटना शंकास्पद

सिँजादर्पण, झापा : कचनकवल–५ दल्ले गाउँ झापाकी १७ वर्षीया कल्पना कुमारी गणेश नजिकैको चिया बगानमा काम गर्थिन्। घरको आर्थिक अवस्था कमजोर थियो। परिवारको गुजरा चलाउन बुबालाई मदत गर्थिन्। शनिबारको दिन बगानमा काम गर्न जानुपर्दैन, बिदा हुन्छ। खाना खाएर दिउँसो १२ बजे छिमेकी साथी १६ वर्षीया करिना र १७ वर्षीया अञ्जलीसँग निस्किइन्। तीनै जना मिल्ने साथी हुन्। सँगै चिया बगानमा काम गर्थे।

साथीकोमा धान रोप्न जाने भनेर शनिबार घरबाट निस्किएकी कल्पना रातिसम्म घरमा फर्किनन्। बुबा वीरबल गणेश भन्छन्, ‘घरमा दिदीलाई धानरोप्न जान्छु भनेर छोरी निस्किएकी रहिछ। तर, फर्केर आइन्।’ शनिबार घरबाट हिँडेका तीनै जना चिया बगान बीचमा रहेको बयरको एउटै रूखमा झुन्डिएको अवस्थामा मृत भेटिए। आफैंले दैनिक काम गर्ने बगानमा उनीहरूको मृत शरीर भेटियो। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्त पाठक प्रहरी भन्छ, ‘घटना शंकास्पद छ।’ दल्ले गाउँ शोकमा डुबेको छ।

शनिबारबाटै हराएका उनीहरूको शव आइतबार बिहान साढे ७ बजे चिया बगानमा काम गर्न गएका मजदुरहरूले भेटेका थिए। तीनै जना झुन्डिएको अवस्थामा देखेपछि आपूmहरूलाई खबर गरेको कल्पनाका बुबा वीरबल बताउँछन्। ‘म भारतको ठाकुरगन्ज गएको थिए। बेलुका ६ बजे घर फर्के,’ उनले भने, ‘घरमा आएर छोरी खोज्दा अर्की छोरीले बहिनी आएकै छैन भनिन्।’ छोरी राति घर नफर्किएपछि कल्पनाका बुबा वीरबल खोज्नलाई पञ्चमको घर नै पुगेका थिए। ‘पञ्चमले पनि बिहान १० बजे घरबाट निस्किएकी छोरी अझै आइपुगेकी छैन भन्ने जवाफ दिनुभयो। कहाँ गई, मलाई पनि थाहा भएन भन्नुभयो,’ उनले घटना सुनाए। घरभित्र चार्जमा राखेको दिदीको फोन लिएर कल्पना गएकी रहिछन्। ‘कल गर्दा रातभर रिङ जान्थ्यो। तर फोन उठेन,’ दिदी पुष्पाले भनिन्।

दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारमा रहेको बयरको एउटै रूखमा तीन जनाको शव भेटिएको थियो। मृत्यु हुनेमा कचनकवल–५ निवासी पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १७ वर्षीया छोरी कल्पना कुमारी हुन्। अञ्जली र कल्पना एउटै हाँगामा र करिना अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेका थिए। करिनाले नयाँ प्लास्टिकको डोरी, अञ्जलीले बाख्रा बाँध्ने किल्लासहितको प्लास्टिकको डोरी र कल्पनाले आधा प्लास्टिकको डोरी र गम्छा प्रयोग गरेको पाइएको छ।

करिनाको खुट्टा पानीमा डुबेको थियो भने अञ्जली र कल्पनाको खुट्टा पानीमाथि थियो। घटनास्थलको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको प्रत्यक्षदर्शी बताउँछन्। सामूहिक आत्महत्या गरेजस्तो देखिए पनि घटनालाई प्रहरीले शंकास्पद भनेको छ।

खोला किनारको बयरको रूख, रूखमुनि मान्छे डुबाउने १० फिट गहिरो पानी, तीन जनाले झुन्डिनलाई एउटै रूखको हाँगा प्रयोग गर्नु तथा एकैपटक रूखमा झुन्डिने सोच बनाउनुलाई शंकास्पद मानिएको स्थानीय पनि बताउँछन्।

प्रहरी पनि घटना सामूहिक आत्महत्या वा हत्या हो भन्ने निष्कर्षमा अझै पुगेको छैन। प्रारम्भिक अनुसन्धानले आत्महत्याजस्तो देखिएको डीएसपी पाठकको भनाइ छ। ‘घटनास्थलमा त्यस्तो कुनै शंकास्पद वस्तु फेला परेको छैन,’ उनले भने, ‘मृतकहरूले लगाएको लुगा खोलेर हेर्दा कसैको शरीरमा त्यस्तो कुनै चोटपटक देखिएन।’ शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको बताउँदै उनले भने, ‘चिकित्सकले दिने पोस्टमार्टमको रिपोर्ट र मृतक करिना र कल्पनासँग फेला परेको दुईवटा मोबाइल फोन नै घटनाको ठोस प्रमाण हो।’ दुईवटै फोन लक रहेकाले फोरेन्सिक टेस्टका लागि काठमाडौं पठाइने उनले बताए। ‘तीनै जनाले एकै पटक एउटै ठाउँमा कसरी सामूहिक आत्महत्या गर्न सक्छन्, त्यो पनि रहस्यमय छ,’ उनले थपे।

उनीहरू लामो समयदेखि सुनकोसी चिया बगानमा काम गर्थे। लक्ष्मीप्रसाद देवकोटा माविमा कक्षा ७ पढ्दा पढ्दै विद्यालय छाडेकी कल्पनासँग आफ्नो फोन छैन। घरकी कान्छी छोरीसमेत रहेकी उनी बेला–बेला दिदीको फोन चलाउँथिन्। घरमा कसैसँग झैझगडा र कुनै केटा साथीसँग नजिक नरहेको परिवारको भनाइ छ।

कल्पना र अञ्जलीभन्दा करिना अलि चलाख थिइन्। घरकी जेठी छोरीसमेत रहेकी करिनाले पनि लक्ष्मीप्रसाद देवकोटा माविमा कक्षा ७ पढ्दापढ्दै विद्यालय छाडिन्। घरको आर्थिक अवस्था कमजोर भएकोले बुबालाई सघाउन उनले चिया बगानमा काम सुरु गरिन्। करिनासँग आफ्नै फोन थियो। ‘बहिनी करिना लामो समय फोनमा कुराकानी गर्थिन,’ दाजु राजन गणेशले भने, ‘करिनाको कुनै केटोसँग प्रेम थियोजस्तो लाग्छ,’ उनले भने, ‘कुन केटासँग प्रेम थियो, त्यो हामीलाई थाह भएन।’

‘बहिनीसहित अन्य दुई जना पनि सँगै झुन्डिएको अवस्थामा भेटिनु सम्झिँदा पनि विश्वास लाग्दैन। घटना शंकास्पद देखिन्छ,’ उनले भने। गाउँमा चार महिनाअघि विवाहित महिलाले पनि झुन्डिएर आत्महत्या गरेकी थिइन्। ‘त्यो घटना सुन्दै करिना भयभीत हुन्थिन्, यति हुँदाहुँदै करिना कसरी झुन्डिन सक्छिन्,’ छिमेकी जयकुमार गणेशले थपे। कचनकवल–५ पाठमारी घर भएकी अञ्जली फुपू वैशाखी गणेशको घरमा बस्दै आएकी थिइन्।

फुपूको घरनजिकै चिया बगान रहेकाले त्यहाँ बसेर उनलाई काम गर्न सहज भएको थियो। त्यही भएर अञ्जली आफ्नो घर छाडेर फुपूकोमा आएर बसिन्। उनको पनि परिवारको आर्थिक अवस्था कमजोर भएकोले उनले पनि पढाइ छाडेर काम गर्न थालिन्।

बुबा पुवालु भारतको सिक्किममा काम गर्छन्। छोरीको घटना सुनेपछि घरमा आएका छन्। अञ्जली मोबाइल बोक्दिनन्। घटनास्थलमा उनीसँग फोन फेला परेको थिएन। अञ्जली साथीहरूकै फोनबाटै कुराकानी गर्थिन्। तीन जना सामूहिक रूपमा झुन्डिएकाले गाउँ पूरै शोकमा डुबेको स्थानीय धीरजकुमार गणेशले बताए। घटना आत्महत्याभन्दा पनि हत्याजस्तो देखिएको उनको भनाइ छ। ‘घटनास्थलमा धेरै मान्छे हिड््डुल गरेको खुट्टाको छाप देखिन्छ,’ उनले भने, ‘त्यहाँ तीन जना मात्रै होइन, अरू मान्छे पनि गएका हुनसक्छ।’

रूखको तल पानीको गहिरो दह छ। ‘यदि आत्महत्या नै भए पनि तीनै जनाको एउटै विचार कसरी आउँछन् होला रु चढ्नै नसक्ने रूखमा तिनीहरू कसरी चढे होलान् रु अनेक शंका गाउँवासीको मनमा उब्जिएको छ,’ उनले थपे।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn