सिँजादर्पण, रुपन्देही । घाँस काट्न जङगलमा गएकी युवतिलाई एक्लै पारी जवरजस्ती करणी गर्न खोज्ने एक जना पुरुषलाई ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ । यहिँ साउन १० गते बिहान करिब नौ बजेपछि गाँउकै महिला दिदी नाता पर्नेसँग घाँसदाउरा गर्न युवति जङगल गएकोमा उनकि दिदी केहि समयमै जरुरी कामले फर्किएपछि जंगलमा एक्लै देखि सोहि मौका पारी जवरजस्ती करणी उद्योग गर्ने सैनामैना नगरपालिका वडा नं ५ मलमलाटोल बस्ने बर्ष ४८ को निलमणी दमाईलाई प्रहरीले पक्राउ गरेको हो।
सैनामैना नगरपालिका अन्तरगत तुलबुलिया खोलाको पुर्वपट्टी रहेको नेवारडाँडो जङगलको करिब पाँच सय मिटर माथिको जंगलमा घाँस काटि भारी पुर्याईरहँदा युवतिलाई बारुलाले टोकेपछि होहल्ला गरेको सुनि सोहि जंगलमा दाउरा काट्न गएका निलमणि दमाईले के भयो भनि सहयोग गर्ने बाहनामा गई एकान्त पारी युवतिको संवेदनशील अङगहरुमा छुन खोजि जवरजस्ती करणी गर्न खोजेकोमा बल प्रयोग गरी जंगलैजंगलको बाटो हुँदै युवति भागि निस्किएकी थिईन् ।
उक्त जवरजस्ती करणी उद्योग घटनाकी पिडित युवति १९ बर्षिया छिन् । बिवाहित समेत रहेकी युवतिलाई निलमणी दमाईद्वारा साउन १० गते दिउँसो करिब १२:३० बजेको समयमा जवरजस्ती करणीको प्रयास९उद्योग० भएकोमा बलपूर्वक ति व्यक्तिको पञ्जाबाट उम्किएर घर आईपुगेपछि आफूमाथि भएको घटना तत्काल ससुरालाई सुनाउँदा लुकाएर नराखी प्रहरीलाई भन्नुपर्छ भनेपछि तुरुन्तै सालझण्डी प्रहरीलाई खबर गरेकी थिईन ।
तत्काल घटनास्थल पुगेको प्रहरी निरीक्षक सहितको प्रहरी टोलीले घटनामा संलग्न बर्ष ४८ को निलमणी दमाईलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी करणी सम्बन्धी कसुर ९उद्योग० अन्तर्गत म्याद थप गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।
