निरुता बि क सिँजार्दण पोखरा ।( नेपाल कम्युनिष्ट पार्टीसहित चार राजनीति दलहरुले संयुक्त रुपमा मोर्चाले नागरिकता बिधेयक, एमसीसी, एसपीपी बिरुद्ध मसाल
जुलुस प्रदर्शन गरेका छन् । पोखराको जेरो कि।मिमा मसाल जुलुस प्रदर्शन गरेका छन् । पोखराको फिर्के पुलबाट सुरू भएको मसाल जुलुस जेरो कि। मि चोकमा पुगेर सम्पन्न गरिएको थियो।मसाल जुलुसमा एमसीसी मुर्दावाद, एसपीपी खारेज गर, नागरिकता बिधेयक खारेज गर, चार दलिय मोर्चा जिन्दावाद, दलाल संसदीय व्यवस्था मुर्दावाद ,नालायक सरकार मुर्दावाद लगायतका नाराहरू लगाइयेका थिए ।
अमेरिकाले नेपालमा एमसीसी र एसपीपी मार्फत नेपाली आमाको छात्तीमा बुट प्रहार गर्नकै लागी विभिन्न रणनीति द्वार नेपालमा सैन्य बल भित्र्याउन प्रयास गरिरहेको भन्दै नेपाल आमाका राष्ट्र प्रेमी सन्तानहरुले यसको बिरोध अन्तिम साससम्म गर्ने भन्दै अधिव्यक्ति दियका छन । मसला जुलुस गरिएको चार दलका प्रतिनिधि हरु निरन्तर आवाजल उठाउने र जवसम्म एमसीसी खअरेज हुदैन तव सम्म आन्दोलनका कार्यक्रम अघि वढाउने उनिहरुको भनाइ रहेको छ ।
