सिँजादर्पण, बारा । नेपाल कम्युनिस्ट पार्टी बिप्लव निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी बारा जिल्लाको पहिलो बिस्तारित बैठक बाराको निजगडमा सम्पन्न भएको छ । बारा जिल्ला सदस्य मनमाया थिङ्गको अध्यक्षता,संगठनका केन्द्रीय माहासचिब राजकुमारी शाहीको प्रमुख आतिथ्यता,नेकपा बाराजिल्ला सेक्रेटरी क।बिक्रमको विशेष आतिथ्यतामा बाराको निजगढमा सम्पन्न भएको छ ।

बैठकमा प्रमुख अतिथिले महिलाहरुलाई संसदिय दलाल ब्यबस्थाले उत्मिडनमा पारेको र यो ब्यबस्था खारेज गरेर बैज्ञानिक समाजबाद नल्याउदा सम्म महिला हींसा र उत्पिडन कायम रहने र ब्यबस्था खारेजी अभियान मा लाग्नु पर्ने कुरा राख्नु भयो । पार्टीको नबौ महाधिबेसन सफलपार्ने महिलासंगठनलाई नगर र सेलसम्म बिस्तार गर्ने,व्यापक सदस्यता बितरण गर्ने,जिल्लामा भएका सम्पुर्ण महिला हिंसाका बिरुद्ध,सरकारले गरेका राष्टघाती MCC र SPP सम्झौता विरुद्ध कडा संघर्ष गर्ने महत्पुर्ण निर्णय गरेको छ ।

बैठकमा जितपुर सिमरा सेक्रेटरी क।बिपी लामा निजगड सेक्रेटरी क अम्रित कलैया सेक्रेटरी दिलमहमद परसौनि सेक्रेटरी क।किसोर परबानिपुर सेक्रेटरी राम शाहा पचरौता सेक्रेटरी क ।चन्द्रिका युबा संघ नेपाल बारा जिल्ला संयोज क।मुकेशको उपस्थिति थियो । बैठकले पूर्ब जिल्ला अध्यक्ष लक्ष्मि तामांङ्लाई संगठनबाट बिधाई गरि पार्टीमा जिम्मेवारी दिने १९सदसीय जिल्ला समितिलाई घटायर १८सदसिय जिल्ला समिति कायम रहेको छ ।
