सिँजादर्पण ।। नेपाल कम्युनिस्ट पार्टी अछामको ढकारी गाँउपालिका स्तरिय पार्टी भेला सम्पन्न भएको छ।पार्टीको आगामी असोज १देखी ९ गतेसम्म काठमाडौमा हुने नवौ महाधिवेशनको पुर्व सन्ध्यामा देशव्यापी भेला सम्मेलनको कार्यक्रम अन्तर्गत ढकारी गाउपालिकाको गाउभेला सम्पन्न गरियको हो।
दलाल संसदिय पुजीवादी व्यवस्थाको विकल्पमा बैज्ञानिक समाजवादी व्यवस्थाको दिशामा अघि बढौू भन्ने नारा सहित बुधबार गाउपालिकाको सभाहलमा भएको भेलाले कविन्द्र शाही इन्चार्ज र देवेन्द्र परियार दर्शन सचिव रहने गरि २५ सदस्यीय पार्टी गाउँ कमिटी र केशव शाहिको नेतृत्वमा ११ सदस्यीय गाउँ जनस्वयम सेवक दल निर्बाचित गरेको छ। गाउपालिकामा हुने भ्रस्टाचार र अनियमितताको आवश्यक अनुगमन , जनपरिचालन र जनसंघर्स गर्दै पार्टीको जिल्ला सम्मेलन र महाधिवेशनको आवश्यक तयारीमा जुट्ने निर्णय समेत गरिएको जानकारी सचिवालय सदस्य लोकेन्द्र शाहीले दियका छन।
ढकारी गाउपालिकामा भयको भेलालाई जिल्ला सेक्रेटरी मिना धामी सरिता ले प्रमुख अतिथिको रुपमा उध्घाटन गर्दै प्रशिक्षण मन्तव्य राखेकी थिइन भने कार्यक्रममा सचिवालय सदस्य लोकेन्द्र शाही, जिल्ला कार्यालय सचीव तपेन्द्र, अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य रमेश वि सि र गाउँ जनपरिसद प्रमुख विर्मा भुलले अतिथिको रुपमा आशनग्रहण गर्दै निर्बाचित कमिटीलाई शुभकामना तथा वधाइ मन्तव्य व्यक्त गरेका थिए भने भेलाको अध्यक्षता कविन्द्र शाही र सञ्चालन देवेन्द्र परियारले गरेका थिए।
