सिँजादर्पण, बारा । नेपाल कम्युनिस्ट पार्टी प्रसौनी गाउँपालिकाको भेला उद्घघाटन कार्यक्रम बारा जिल्लाको प्रसौनी बजारमा सम्पन्न भएको छ । प्रसौनि सेक्रेटरी क।किसोरको अध्यक्षतामा भएको उक्त कार्यक्रमा प्रमुख अतिथि नेकपा बारा जिल्ला सेक्रेटरी भिस्मकुमार शाही क बिक्रमले सम्भोधन गर्नु भएको छ । उक्त कार्यक्रममा जिल्ला सदस्यहरु क्रमस क बलिस्ट,क।चन्द्रिका,क।एके शाहा,क।सामेस्वर,क।शक्ति,सहिद क चुनु पटेलका बुबा ईसर पटेल लगायतको उपस्थिति थियो कार्यक्रमको सन्चालन क। दिल महमदले गर्नुभएको छ भने स्वागत मन्तब्य क।चण्डाले गर्नु भएको छ ।

झण्डै दुईसय जनताको उपस्थितिमा प्रमुख अतिथिले नेपालको सम्पुर्ण समस्याको कारण दलालसंसदिय व्यबस्था भएकोले यसको खारेज गर्न सबै जनताहरू एकीकृत जनक्रान्तिमा सहभागी बन्न अपिल गर्दै यो दलाल सरकारले तत्काल ३बुँदे सहमति अक्षरसस् कार्यन्वयन गर्नु पर्ने अन्यथा राज्यले वारेन्ट जारि गरेर युद्धको धम्की दिने हो भने देशै भरिका सरकार जनप्रतिनिधिहरुलाई एक मैनामै सदर्मुकाम केन्द्रित गरिदिने चेतावनी दिनु भयो । आजै उद्धघाटनलाई बन्दसत्रमा परिणत गरि क।किसोरको नेतृत्वमा १९ सदसीय गाउँपलिका समिति निर्वाचित गरेको छ ।


