सिँजादर्पण । कर्णली प्रदेशका मुख्यमन्त्री शाहीले २०७९ सालको हरितालिका तिजको अवसरमा सम्पुर्ण नेपालि नारीहरुमा हार्दिक शुभकामना प्रकट गर्नुभएको छ । नारीहरूको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर व्रत तोड्ने परम्परा छ।
परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरू निराहार र निर्जल बसी आजका दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बस्दैछन्।हरितालिका तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरू द्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका कुनै कुनै प्रान्तमासमेत मनाइन्छ। भनिन्छ आराध्यदेव शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवलाइ पतिको रुपमा प्राप्त गर्न तथा भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकि थिईन् त्यसै दिन यहि हरितालिका तिजको दिन परेको थियो र त्यसै दिन देखि आज सम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।
भाद्र शुक्ल दितियाका दिन दर खाई भोलि पल्ट तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन आराधानासहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ। सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको काठमाडौँको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङ्को हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका अन्य सबै शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लाग्छ।
हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफल भएको भन्दै राम्रो र चिताएको पति पाउन अविवाहित कन्याले पनि तीज व्रत बस्ने गर्छन् भने बिबाहित महिलाहरु आफ्नो पतिको दिर्गायुको कामना सहित ब्रत बस्ने प्रचलन परापुर्ब काल देखि चल्दै आएको छ ।समस्त हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तिज २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली चेलिहरुको सुस्वास्थ्य, दिर्घायू एवं उतरोत्तर प्रगतीको कामना गर्दछौं ।
