सिँजादर्पण l नेपाल कम्युनिस्ट पार्टी,सोलुखुम्बु जिल्लाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ l उक्त सम्मेलनको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला ईन्चार्ज शैलेशले कार्यक्रममा बोल्दै देशमा भएको दलाल भ्रष्टाचार ,महगि कालोबजारी,बलात्कार एम।सि ।सि एस ।पिपि को बारेमा आफ्नो पार्टीले आवाज उठाउदा राज्यले नेपाल कम्युनिस्ट पार्टी संग गरेको तिन बुदे सहमति कार्यनयन गर्नुको साटो उल्टै नेपाल कम्युनिस्ट पार्टीको नेताकार्यकर्तालाई पक्राउ पुर्जि जारि गर्नु,बन्दि साथीहरूलाई रिहाई नगर्नु राज्यले देशलाई द्वन्द्वमा धकेल्न खोजेको बताए।

उनले देशमा यो राज्य ब्यवस्था दलालहरुको हातमा भएको कारण जनताले असाध्यै दुख झेल्नु परेको कुरा बताउदै यो ब्यस्थालाई जरै बाट उखेलेर फाक्नुको लागि आफ्नो पार्टी निरन्तर सघर्समा रहेको कुरा जानकारी गराए।उनले राज्यले आफ्नो पार्टी बिरुद्ध घेराबन्दी हुनु दुस्खद रहेको बताउंदै यस्तो रबैयाको डटेर प्रतिबाद गर्न सबै तयार हुनु पर्ने बतांउदै नवनिर्वाचित कार्य समितिलाई कार्य सफलताको शुभकामना दिए ।
उक्त कार्यक्रमको अध्यक्ष ङिमा शेर्पाले गरेका थिए भनि संचालक एकराज राईले र स्वागत मन्तव्य पासाङ गुरुङ ले गरेका थिए कार्यक्रम उदघाट्न सत्रमा शुभकामना दिन अतिथिहरु माओवादी केन्द्र बाट नगर ईन्चार्ज रक्की काङ्ग्रेस तरुण दलका निस्चय राई समेत उपस्तिथित रहेको थियो।
उक्त सम्मेलनको बन्द सत्रबाट ङिमा शेर्पा सेक्रेटरी रहने गरि १३ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ।
