Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

संस्थागत काम नगरेपछि धरानका मेयर विवादमा


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, भदौ १६, २०७९

संस्थागत काम नगरेपछि धरानका मेयर विवादमा

सिँजादर्पंण, धरान । विधि र प्रक्रिया मिचेर धरान उपमहानगरपालिकाको विकास र समृद्धिमा जुटेका नवनिर्वाचित मेयर हर्कराज राई (हर्क साम्पाङ) विवादमा तानिएका छन्।उपमहानगरबाट गर्नुपर्ने संस्थागत कामलाई आफूखुसी व्यक्तिगत ढंगले अगाडि बढाउन थालेपछि उनी विवादमा मुछिएका छन्। विधि र प्रक्रिया मिचेर हरेक गतिविधि गर्न थालेपछि अन्य जनप्रतिनिधिहरू र स्थानीयबासीन्दाले समेत मेयर राईको चर्को आलोचना गर्न थालेका छन्।

धरानकी पूर्व उपमेयर मञ्जु भण्डारीविरुद्ध सामाजिक सञ्जालमा बनावटी स्टाटस सेयर गरेर साइबर अपराधको अभियोग लागेर विवादमा तानिएका मेयर राई पछिल्लो समय आफ्नै गैरकानुनी काम र सामाजिक सञ्जालमा लेखेका अपमानजनक स्टाटसका कारण विवादमा तानिएका हुन्। मेयर निर्वाचित भएपछि विभिन्न अभियान चलाएर धरानको विकास निर्माणमा जुटेका राईका हरेक गतिविधि विवादित बन्न थालेका छन्।धरानबासीलाई सप्तकोसीबाट पानी ल्याएर खुवाउने प्रतिवद्धता जनाएका उनले धरानको पकुवा, सर्दु, खर्दु र निशाने खोलाबाट थप पानी उत्पादन गरेका छन्।

सर्दु जलाधार क्षेत्रमा वृक्षारोपण अभियान चलाएका मेयरका हरेक गतिविधि उपमहानगरको संस्थागतभन्दा व्यक्ति केन्द्रित अभियान बनेको छ।मेयर राईका पछिल्ला गतिविधिले गर्दा उनकै समर्थकहरू समेत विरुद्धमा उत्रिएका छन्। मेयर राईका कट्टर समर्थक नईन्द्र चाम्लिङ राईले आफूले समर्थन गरेका मेयरका पछिल्ला गतिविधिले आफूलाई दुखित तुल्याएको बताए। उनले मेयर राईको अभियान राम्रो भएपनि सामाजकि सञ्जालमा गरीएका टिकाटिप्पणी खेदजनक रहेको बताएका छन्।

मेयर राई कार्यालयमा समेत समय दिएर बस्ने गरेका छैनन्। उपमहानगरपालिकाबाट बनाइनु पर्ने नीति नियम समेत नबनाउँदा उपमहानगरपालिका सञ्चालनमा समेत समस्या परेको छ।धरान उपमहानगरपालिकामा जनप्रतिनिधि आएको सय दिन बितिसक्दासमेत विभिन्न समितिहरू चयन नगरीएको उपमहानगरपालिका श्रोतले जानकारी दिएको छ। धरानको विकास र समृद्धिमा राम्रो काम अगाडि बढाएका मेयर राईले विना प्रक्रिया विकास निर्माणको काम अगाडि बढाउन थालेपछि उनीमाथि कानुनी प्रश्न खडा भएको छ। धरानको सर्दु जलाधार क्षेत्रमा ६ लाख बिरुवा रोपेको मेयर राईले बताए। उनले पकुवा, सर्दु, खर्दु र निशाने खोलाबाट पानी उत्पादन गरीएको खानेपानी ट्यांकी निर्माण गरीएको बताए। खानोपानी उत्पादनमा सबै जनश्रमदान र देशविदेशमा रहेका नेपालीले आर्थिक सहयोग गरेको उनले जानकारी दिए।

राईले हालसम्म जनताले गरेको सहयोग रकमको हिसाबकिताब पनि सार्वजनिक गरेका छैनन्। यस विषयमा प्रश्न गर्दा जनश्रमदान गर्न आउनेले निर्माण सामग्री आफैं ल्याउने गरेको उनले बताए। स्थानीय सरकार प्रमुखले कुनै पनि विकास निर्माण वा उपमहानगरबाट गरीने काम अगाडि बढाउनुपर्दा नीतिगत निर्णय गरी आवश्यक बजेट समेत विनियोजन गर्नुपर्छ। नगरको विकास गर्दा कार्यपालिका बैठकबाट अनुमोदन गर्नुपर्ने अनिवार्य प्रावधान छ। तर, मेयर राईले कार्यपालिका बैठकको निर्णयबेगर नै व्यक्तिगत काम सुरु गरेका छन्। यसको धरानबासीले चौतर्फी विरोध गरेका छन्। मेयर राईले अगाडि बढाएको काम राम्रो भएपनि प्रक्रिया गलत भएको भन्दै अन्य जनप्रतिनिधिहरूले कडा विरोध जनाएका छन्।

मेयर राईले उपमहानगरको संस्थागत निर्णय बेगर विभिन्न गतिविधि सञ्चालन गर्नु अत्यन्तै गलत काम भएको धरान १५ का वडाअध्यक्ष नरेशकुमार इवारमले बताए। धरानको विकासमा हामी सबै जनप्रतिनिधिहरूले मेयरलाई सहयोग गर्छौं भनेकै छौं,ु उनले भने ुमेयर सावको संस्थागत निर्णय बेगर आफूखुसी काम गरिनु परिपक्क र नियम विपरीत छ। मेयर राईले प्रत्येक हप्ता धरानका विभिन्न चोकहरूमा लागूऔषध विरुद्धको अभियान पनि सञ्चालन गर्ने गरेका छन्। यो अभियानमा पनि राईले उपमहानगरपालिकाबाट संस्थागत निर्णय नगरेको पाइएको छ।

यस सम्बन्धमा विधि र प्रक्रियाको कुरा गर्दा मेयर राईले सामाजिक सञ्जालमा विभिन्न गाली गर्दै सिंगो धरानलाई बद्नामी बनाएको नगरबासीको भनाइ छ। नागरिक दवाव सञ्जाल धरानका संयोजक डाक्टर राजेन्द्र शर्माले २०४६ सालको आन्दोलनपश्चात् विना कार्ययोजना दलहरू सत्तामा पुगेझै हर्कराज राई पनि आन्दोलनको मैदानबाट विना कार्ययोजना मेयर भएकाले धरानको विकास निर्माणका काम विना योजना अगाडि बढाइएको बताए।

मेयर राईले इमान्दारितापूर्वक काम गर्ने भएपनि विना प्लान गरिएका कामले धरानलाई कुहिरोको काग बनाउने उनको भनाइ छ। धरान बनाउने मेयर राईको अभियानको विषयमा उपमेयर अईन्द्रविक्रम बेघा र प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजाललाई सोध्दा उपमहानगरपालिकाबाट संस्थागत निर्णय र कार्यपालिका बैठकबाट अनुमोदन नगरिएको बताए। बेघाले समृद्ध धरान बनाउने अभियानमा संस्थागत निर्णय गरेरै अगाडि बढ्ने बताए। प्रमुख प्रशासकीय अधिकृत रिजालले उपमहानगरपालिकाबाट हुने सबै काम संस्थागत निर्णयबाट गर्दा उत्तम हुने बताए।  उनले आफू भर्खर उपमहानगरको कार्यालय प्रमुख भएर आएकाले उपमहानगरका सबै कामलाई विधि र प्रक्रियाको माध्यमबाट संस्थागत गर्दै लैजाने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn