सिँजादर्पण । काठमाडौँ — काठमाडौंः गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्न आग्रह गरेकै कारण थुनामा परेका गुरुङलाई रिहाइ गर्न गृहमन्त्री खाँणले निर्देशन दिएका हुन् ।
सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षागार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएको गृह मन्त्रीको सचिवालयले जनाएको छ । व्यक्तिगत कामका लागि ठमेलस्थित छाँयासेन्टर पुगेका पर्यटन मन्त्री श्रेष्ठलाई लाइन नमिच्न आग्रह गर्दा सुरक्षागार्ड पक्राउ परेका थिए । गुरुङमाथि अभद्र व्यवहारमा मुद्धा चलाउने तयारी थियो ।
