Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेपालले एससिओलाई आफ्नो हितअनुकूल प्रयोग गर्न सक्नु पर्छ


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, भदौ १५, २०८२

नेपालले एससिओलाई आफ्नो हितअनुकूल प्रयोग गर्न सक्नु पर्छ

सन् २००१ मा चीन र रुसको पहलमा स्थापना भएको सांघाई सहयोग संगठन एससिओ आज एसियाली भू–राजनीतिक संरचनामा सबैभन्दा ठूलो क्षेत्रीय संगठनको रूपमा स्थापित भइसकेको छ । यसको सुरुवात भने अझ अघि, अर्थात् १९९६ को ‘सांघाई फाइभ’ सन्धिबाट भएको थियो ।

जसमा चीन, रुस, काजाकस्तान, किर्गिस्तान र ताजिकिस्तानबीच सीमा सुरक्षा र विश्वास अभिवृद्धिका लागि समझदारी गरिएको थियो । पछि उज्बेकिस्तानको प्रवेशपछि यो गठबन्धन स्थायी संस्थागत संरचनामा परिणत भयो । २००१ मा औपचारिक रूपमा एससिओको नाम दिइयो ।

सुरुमा रुस, चीन, काजाकस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान मात्र सदस्य थिए । कालान्तरमा यसको आकार विस्तार हुँदै गएको छ । अहिले भारत, पाकिस्तान, इरान र बेलारुससमेत यसमा सामेल भइसकेका छन् । आजको मितिमा सदस्य राष्ट्रहरूको संख्या १० पुगेको छ । बेलारुस २०२४ जुलाई ४ मा दशौं सदस्यको रूपमा एससिओमा सम्मिलित भएको हो । अफगानिस्तान, मंगोलिया जस्ता राष्ट्रहरू पर्यवेक्षक सदस्य छन् भने नेपालसहितका १४ मुलुक संवाद साझेदारको हैसियतमा रहेका छन् । यसरी हेर्दा एससिओ केवल क्षेत्रीय संगठन मात्र नभई विश्वव्यापी सन्दर्भमा महत्वपूर्ण शक्ति केन्द्र बन्दै गएको छ ।

तथ्यांकीय दृष्टिले पनि यसको प्रभाव उल्लेखनीय छ । करिब ३।४ अर्ब जनसंख्या, जसले विश्वको ४० प्रतिशतभन्दा बढी भाग ओगट्छ, यिनै राष्ट्रहरूमा बसोबास गर्छन् । सदस्य राष्ट्रहरूको संयुक्त जिडिपी करिब २३० खर्ब अमेरिकी डलर पुगेको छ । जुन विश्वको कुल गार्हस्थ्य उत्पादन ९जिडिपी०को २० प्रतिशत नाघ्छ । प्राकृतिक सम्पदाका दृष्टिले हेर्दा विश्वको पाँचौं भागभन्दा बढी तेल–ग्यास भण्डार यसै क्षेत्रमा निहित छ । यही कारणले पश्चिमा मुलुकहरूले पनि यस संगठनलाई केवल सुरक्षा गठबन्धन मात्र नभई ऊर्जा–अर्थनीति, शक्ति–केन्द्रको रूपमा नियालिरहेका छन् ।

नेपाल सन् २०१६ देखि संवाद साझेदार सदस्यका रूपमा यसमा सहभागी भइरहेको छ । यसबीचमा काठमाडौंले विभिन्न कार्यशाला र मन्त्रीस्तरीय बैठकमा आफ्नो उपस्थितिलाई औपचारिकता दिँदै आएको छ तर अझै सक्रिय भूमिका भने नेपालले लिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको चीन भ्रमणलाई त्यसैकारण विशेष महत्व दिइएको छ । यस पटक अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म तियान्जिनमा शिखर सम्मेलन भइरहेको छ । तियान्जिनमा हुने शिखर सम्मेलनमा नेपालले सदस्यता प्राप्त गर्ने कि कम्तीमा पर्यवेक्षक दर्जामा उक्लने सम्भावनाबारे बहस भइरहेको छ ।

यस प्रसंगलाई नेपालको भू–राजनीतिक अवस्थासँग गाँसेर हेर्न जरुरी छ । नेपाल भारत र चीनबीच थिचिएको भूपरिवेष्ठित राष्ट्र हो । यसले आफ्नो परराष्ट्र नीति ‘सन्तुलन र असंलग्नता’को आधारमा अघि बढाउँदै आएको छ तर पछिल्ला दशकमा शक्ति–सन्तुलन बदलिँदै गएको छ । चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ ९बिआरआई० मार्फत पूर्वाधार र व्यापारिक मार्ग विस्तार गरिरहेको छ भने भारत पनि अमेरिकाको ट्यारिफबाट आजित भई चीन र रुससँग सहकार्य गर्दै रणनीतिक महत्वाकांक्षा बढाइरहेको छ । रुस, इरान र चीनबीचको निकटताले पश्चिमी मुलुकहरूलाई चिन्तित तुल्याएको छ । यसैबीच, एससिओले आफ्नो भू–राजनीतिक उपस्थितिलाई अझ गहिरो बनाइरहेको छ ।

नेपालका लागि यस संगठनसँग सक्रिय सम्पर्क राख्नुका सम्भावित लाभ र चुनौती दुवै छन् । लाभको कुरा गर्दा नेपालले व्यापारिक मार्ग विस्तार गर्न सक्छ । हाल नेपालको ६० प्रतिशतभन्दा बढी व्यापार भारतसँग हुन्छ, जसमा असन्तुलन गहिरो छ । एससिओमार्फत चीन, मध्य एसिया र इरानतर्फ वैकल्पिक बजार खुलाउन सकियो भने व्यापार विविधीकरण सम्भव हुन्छ । जलविद्युत् निर्यातको दीर्घकालीन सम्भावना पनि यही मार्गले खोल्न सक्छ । साथै, नेपालले पर्यटन र लगानीका लागि नयाँ अवसरहरू पाउन सक्छ । उदाहरणका लागि, चीनले सन् २०२३ मा मात्र एससीओ सदस्य राष्ट्रहरूमा करिब ८९० अर्ब अमेरिकी डलर बराबरको व्यापार गरेको तथ्यांक छ । यस्तो बजारमा नेपालले आफ्नो उत्पादन पुर्‍याउने अवसर पाउनु स्वाभाविक छ तर चुनौतीहरू पनि कम छैनन् । संगठनभित्रै भारत–चीनको सीमा विवाद, भारत–पाकिस्तानको असहमति र रुस–पश्चिमबीचको द्वन्द्वजस्ता मुद्दाले यसलाई अस्थिर बनाइरहेका छन् । कतिपय विश्लेषकहरूले एससिओलाई ‘महत्वाकांक्षी तर कमजोर’ संगठनको संज्ञा दिएका छन् । जहाँ सहमति धेरै हुन्छ तर कार्यान्वयन अल्प । नेपालजस्तो भौगोलिक संवेदनशीलता भएको राष्ट्रले यस्ता जटिलताबीच आफ्नो भूमिका विस्तार गर्दा सावधानीपूर्वक अगाडि बढ्नुपर्छ ।

यति मात्र होइन, नेपालसँग प्रत्यक्ष जोडिएको सीमा विवाद लिपुलेक पनि अहिले चर्चाको केन्द्रमा छ । भारत र चीनबीच लिपुलेक हुँदै व्यापार पुनस् सञ्चालन गर्ने सहमतिले नेपालको असन्तुष्टि बढाएको छ । परराष्ट्र मन्त्रालयले यसबारे विज्ञप्ति जारी गरी लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको अभिन्न अंग भएको स्पष्ट बताइसकेको छ । यस सन्दर्भमा प्रधानमन्त्री ओलीले चीन भ्रमणकै क्रममा भारतीय र चिनियाँ नेतृत्वसँग कुरा उठाउने वा नउठाउने भन्ने विषय आम जनमानसको चासोको विषय बनेको छ । यस्तो संवेदनशील मुद्दा उपेक्षा गरियो भने नेपालको सार्वभौमिकता कमजोर देखिने खतरा छ ।

भू–राजनीतिक सन्दर्भमा नेपाललाई ‘रणनीतिक मैदान’ भन्दा ‘रणनीतिक सेतु’को रूपमा प्रस्तुत गर्न सक्ने अवसर यिनै बहुपक्षीय संस्थाहरूबाट आउन सक्छ तर यसका लागि नेपालले सन्तुलित नीति अख्तियार गर्नुपर्छ । भारतसँगको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई बेवास्ता गर्न सकिँदैन, चीनसँगको व्यापारिक सम्भावना नकार्न सकिँदैन र पश्चिमा मुलुकसँगको सहकार्यलाई पनि त्याग्न सकिँदैन । यस्तो सन्तुलन कायम गर्न सक्ने हो भने मात्र नेपालले एससिओलाई आफ्नो हितअनुकूल प्रयोग गर्न सक्छ ।

यसैकारण एससिओ शिखर सम्मेलन नेपालका लागि केवल सदस्यता प्राप्तिको औपचारिकता मात्र होइन, आफ्नो कूटनीतिक दृष्टिकोण प्रष्ट्याउने अवसर पनि हो । प्रधानमन्त्री ओलीले सम्मेलनमा नेपालका प्राथमिकता– व्यापारिक मार्ग विस्तार, लगानी आकर्षण, जलविद्युत् निर्यात र सांगठनिक सहयोगलाई स्पष्ट रूपमा राख्न जरुरी छ । साथै लिपुलेकजस्ता संवेदनशील विषयमा अडान स्पष्ट राखेर सन्देश दिनुपर्छ कि नेपाल कुनै पनि शक्तिकेन्द्रको छायाँमा मात्र होइन, आफ्नो स्वतन्त्र नीति र सार्वभौमिकता बोकेर अघि बढ्न सक्षम छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn