Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

यी हुन् माओवादीबाट छानिने १४ जना समानुपातिक सांसद


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, मंसिर १६, २०७९

यी हुन् माओवादीबाट छानिने १४ जना समानुपातिक सांसद

सिँजादर्पण, प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी मतपरिणाम अन्तिम चरणमा पुगसँगै दलहरुले पाउने सिट संख्याबारे आम चासो छ। बहुमतको सरकार बनाउन पनि दलहरुले सिट संख्या जोडघटाउ गरिरहेका छन्। सत्ता गठबन्धनको एक घटक माओवादी केन्द्रले पाँच वर्षअघिको चुनावमा प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १३ लाख मत पाएर १७ सांसद जितेको थियो। जसका कारण ०७४ को चुनावपछि सरकारको चाबी माओवादी केन्द्रसँग थियो।तर, यसपटक माओवादीले सो शक्ति गुमाएको छ। तथापि, सत्तारुढ गठबन्धनको बहुमत पुर्याउन माओवादीले पाउने मत महत्वपूर्ण छ। माओवादीले १७ सिटमा जित हात पारेको छ। एक स्वतन्त्र उम्मेदवारले माओवादीको समर्थनमा जितेका छन्। यसहिसाबले माओवादीको १८ सिट पक्का भइसकेको छ। माओवादीका उम्मेदवार रहेको दोलखामा मतगणना सुरु भएकै छैन।समानुपातिकतर्फ माओवादीले हालसम्म अघिल्लो पटकभन्दा डेढ लाख मत कम पाएको छ। यसो हुँदा समानुपातिकमा माओवादीले ३ सिट गुमाएको छ।

माओवादीले अहिलेसम्म ११ लाख ५५ हजार मत पाइसकेको छ। केही जिल्लामा मतगणना बाँकी छ। यो समाचार तयार पार्दासम्मको अवस्थालाई हेर्दा माओवादीले समानुपातिकतर्फ १४ सांसद जित्ने देखिन्छ।उसोभए माओवादीबाट समानुपातिकमार्फत को को सांसद बन्लान् त ?प्रतिनिधि सभामा सबै दलले कम्तीमा ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित गराउनैपर्ने संवैधानिक व्यवस्था छ। तर, ३३ प्रतिशत संख्या राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैतर्फ जोडेर हो।

माओवादीको राष्ट्रिय सभामा १५ सांसद छन्। प्रतिनिधि सभाको प्रत्यक्ष १७ जितेको छ।११ लाख ५५ हजार मत पाइसकेकोले समानुपातिकमा १४ जना पाउने निश्चित छ। अब राष्ट्रियसभाका समेत जोड्दा माओवादीका जम्मा ४६ जना सांसद हुन्छन्।यसको अर्थ माओवादीले महिला सांसदको संख्या कम्तीमा १५ जना पुर्याउनुपर्ने हुन्छ। माओवादीबाट उर्मिला अर्याल, बिना पोखरेल र गंगाकुमारी बेल्वासे राष्ट्रिय सभा सदस्य छन्। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ दाङ क्षेत्र नम्बर २ मा रेखा शर्माले जितेकी छन्। चार महिला सांसद भइसकेकाले अब माओवादीले ११ जना महिला सांसद समानुपातिकबाट पठाउनुपर्ने हुन्छ।अब माओवादीले समानुपातिक सांसद पठाउँदा जातीय क्लस्टर मिलाएर ११ जना छान्नुपर्ने संविधानका जानकार खिमलाल देवकोटा बताउँछन्।माओवादीले निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाइसकेको छ। त्यही सूचीबाट प्राथमिकतामा रहेका उम्मेदवार निर्वाचित हुनेछन्।

विद्यमान व्यवस्था अनुसार प्रतिनिधि सभामा आदिवासी जनजाति २८।७० प्रतिशत, खस आर्य ३१।२० प्रतिशत, थारु ६।६० प्रतिशत, दलित १३।८० प्रतिशत, मधेसी १५।३० प्रतिशत र मुस्लिम ४।४० प्रतिशत हुनैपर्छ।माओवादीबाट प्रत्यक्षतर्फ रोल्पाबाट निर्वाचित वर्षमान पुन, रुकुम पूर्वबाट निर्वाचित पूर्णबहादुर घर्ती मगर, खोटाङबाट निर्वाचित रामकुमार राई, भोजपुरबाट निर्वाचित सुदन किराती जनजाति हुन्।यस्तै, नुवाकोट १ बाट हितबहादुर तामाङ, काभ्रे १ बाट सूर्यमान दोङ र हुम्लाबाट चुनिएका छिरिङ डम्डुल लामा पनि आदिवासी जनजाती हुन्।आदिवासी जनजातितर्फबाट ७ जनाले चुनाव जितिसकेकाले माओवादीले समानुपातिकमा अब २ जना पठाउनुपर्छ।

गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित पुष्पकमल दाहाल प्रचण्ड, रुकुम पश्चिमबाट जनार्दन शर्मा, जाजरकोट शक्तिबहादुर बस्नेत, कालिकोट महेन्द्रबहादुर शाही, सिन्धुली २ बाट लेखनाथ दाहाल, सिन्धुपाल्चोक १ बाट माधव सापकोटा, बाग्लुङ २ बाट निर्वाचित देवेन्द्र पौडेल खस आर्य हुन्।खस आर्यबाट पनि ७ जना चुनिइसकेकाले यो क्लस्टरबाट अब ३ जना माओवादीले पठाउनुपर्ने हुन्छ।मोरङ ४ बाट निर्वाचित अमनलाल मोदी थारु समुदायमा पर्छन्। सर्लाही २ बाट निर्वाचित महिन्द्रराय यादव मधेशी क्लस्टरमा पर्छन्। जसले यी क्लस्टर पुरा गर्दैनन्।उसोभए माओवादीले आयोगमा बुझाएको १०७ जनाको बन्द सूचीबाट ककसलाई चुन्ला तरुअब त्यही सूचीमा रहेका नामबाट सबैभन्दा पहिला ३३ प्रतिशत महिला संख्या निर्वाचित गरिन्छ। तर, यसो गर्दा प्रत्यक्षबाट निर्वाचित भएर नआएका समुदायलाई प्राथमिकता दिइन्छ।त्यसो हुँदा आदिवासी जनजाति क्लस्टरको पहिलो र दोस्रो नाम स्वतः पर्छ। त्यसैले प्रदेश १ की दुर्गा राई ९भोजपुर० र बागमतीकी मीना तामाङ ९काभ्रे० सांसद बन्ने निश्चित छ। उर्मिला माझी अल्पसंख्यक समुदायबाट पर्ने सम्भावना छ।

संवैधानिक व्यवस्था अनुसार अझै बाँकी ९ जना महिला सांसद निर्वाचित गराउनुपर्छ। जसका लागि अन्य क्लस्टरतर्फ हेरौँ।खसआर्यमा माओवादीले अब ३ जना पठाउनुपर्छ। सो क्लस्टरमा माओवादीको बन्दसूचीमा क्रमशः पार्वती थापा, ज्ञानु बस्नेत सुवेदी र विमला सुवेदी छन्। नारायणी शर्माको पनि सम्भावना छ।थारु क्लस्टरबाट एक जना पुरुषले चुनाव जितेकाले अब माओवादीले एक महिला निर्वाचित गर्न सक्छ। जसका कारण रुपा सोसी चौधरी र गायत्री थारुमध्ये एक जना निर्वाचित हुने सम्भावना छ।

यस्तै, प्रतिनिधि सभातर्फ कुनै दलित उम्मेदवार निर्वाचित नभएका कारण सो पार्टीले ४ दलित सांसद पठाउनुपर्छ।माओवादीको समानुपातिक सूचीमा रहेका दलित उम्मेदवारमध्ये सुशीला श्रीपाली, पार्वती विक, विष्णुमाया विक र महेन्दर मुसहरको नाम अगाडि छ।मधेशी १५।३० प्रतिशत ९५ जना० पुर्याउन यो क्लस्टरबाट अब तीन जना चुन्नुपर्ने हुन्छ। यो क्लस्टरको सूचीमा अगाडि मीना यादव र उमरादेवी यादवको नाम छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn