सिँजादर्पण, काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिकमा नेकपा ९एमाले० पहिलो दल बनेको छ । देशका अधिकांश क्षेत्रको मत गणना सकिँदा एमालेले २७ लाख ८८ हजार ३५६ मत ल्याएको छ ।एक करोड चार लाख २० हजार १२५ सदर मत गणना हुँदा दोस्रोमा रहेको नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ मत ल्याएको छ ।
एघार लाख ६२ हजार १२४ मतसहित नेकपा ९माओवादी केन्द्र० तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख २४ हजार ५४३ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६३८ मत पाएको छ । यसै निर्वाचनबाट उदाएको जनमत पार्टीले तीन लाख ९४ हजार ५२३ मत ल्याएको छ । नेकपा एकीकृत समाजवादी भने थ्रेसहोल्ड नकटाउने निश्चित भएको छ । बाँकी रहेका दोलखा र बाजुराको मतगणनासमेत अन्तिम चरणमा पुगेका बेला एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । पछिल्ला तीन दिनमा नेकपा एकीकृत समाजवादीको एकहजार ७६४ मत मात्र बढेको छ । गएको बिहीबार बिहानसम्म उसको मत दुई लाख ९२ हजार ५९८ थियो ।
