सिँजादर्पण, काठमाडौं । नेपाली सेनाको बम डिस्पोजल टोली नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा पुगेको छ । आइतबार बिहान भक्तपुरस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेपछि बम भएको आशंकमा सेनाको टोली पुगेको हो । शंकास्पद वस्तु भेटिएको सूचनापछि प्रहरीको टोली उनको घरमा पुगेको थियो । प्रहरीले प्रहरीले प्रेसर कुकर बमको आशंका गरिएकाले प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको हो ।
अबको केहीबेरमा सेनाले डिस्पोजलको काम थाल्ने छ । यसअघि ०७६ को फागुन २८ मा बास्कोटाको घरमा बम विष्फोट नै भएको थियो । त्यतिबेला बनिरहेको घरमा भएको बम विष्फोटबाट झ्यालका सिसा फुटेका थिए । बम विष्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ुविप्लवु निकट तीन जनालाई पक्राउ गरेको थियो ।
