Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कांग्रेसबाट समानुपातिकमा समेट्नैपर्ने पुरुष नेता ५, ‘कोटा’ जम्मा ३ जनाको


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, मंसिर २३, २०७९

कांग्रेसबाट समानुपातिकमा समेट्नैपर्ने पुरुष नेता ५, ‘कोटा’ जम्मा ३ जनाको

सिँजादर्पण,काठमाडौं– निर्वाचन आयोगले बन्द सूचीबाट समानुपातिकतर्फ दलहरुलाई नाम छनोट गरेर पठाउन पत्र काटेको छ। समानुपातिकमा प्राप्त मतअनुसार निर्वाच आयोगले कांग्रेसलाई ३२ वटा सिट दिएको छ। नेपाली कांग्रेसले समानुपातिक तर्फको नामहरु छनोटका बारेमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक शनिबार बोलाएको छ।

प्रतिनिधि सभाको प्रत्यक्षमा एक महिला गरी ५७, समानुपातिक ३२ र ३ महिलासहित राष्ट्रिय सभामा १० जना कांग्रेसका सांसद् छन्। संघीय संसद्‌मा जम्मा ९९ सांसद् हुँदा कांग्रेसले संविधानअनुसार ३३ जना महिला समेट्नुपर्नेछ।

 

३ जना राष्ट्रिय सभा र १ प्रत्यक्ष निर्वाचित गरी ४ जना महिला भएकाले समानुपातिकबाट २९ जना ल्याउनुपर्नेछ। समानुपातिकमा प्राप्त ३२ सिटमध्ये कांग्रेसले २९ जना महिला नै सिफारिस गर्नुपर्नेछ। कांग्रेसको तर्फवाट पुरुष ३ जना मात्र पाउने भएका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार संघीय संसदमा सबै दलवाट १ तिहाई  महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यस्था छ। प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेसबाट महिला भने एक उम्मेदवार मात्रै विजयी छन्। यसअनुसार संघीय संसदमा एक तिहाई पुर्‍याउन उसले समानुपातिकबाट कम्तिमा २९ जना निर्वाचित गर्नुपर्नेछ।

राष्ट्रिय सभामा कांग्रेसका १० जनजा सांसद छन्। जसमध्ये ३ जना महिला छन्।  यसरी हाल संघीय संसद्‌मा कांग्रेसको जम्मा ४ जना महिला पुग्छ। एक तिहाई पुर्‍याउ अब कांग्रेसले २९ जना समानुपातिकबाट ल्याउनु पर्छ।

महिलाको प्रतिनिधित्वपछि समानुपातिकमा अन्य कलस्टर समेत पूरा गर्नुपर्छ। ३२ सिटमा आदिवासी जनजातिबाट ९, खस आर्यबाट १०, थारुबाट २, दलितबाट ५, मधेसी ५, मुस्लिमबबाट १ जना समेट्नैपर्ने हुन्छ। जसमा पिछडिएको क्षेत्र कम्तीमा १ जना समावेश हुनुपर्छ।

महिला धेरै समेट्नुपर्ने भएकाले यी कलस्टरबाट पुरुष छानिने सम्भावना कम छ। तर, कांग्रेसमा समानुपातिकबाट सांसद् ‘बनाउनैपर्ने’ कम्तिमा ५ जना पुरुष नेता रहेकका छन्। जो आफ्नो कलस्टरको पहिलो नम्बरमा समेत छन्।

खस आर्यबाट पहिलो नम्बरमा पार्टी प्रवक्ता प्रकाशशरण महत, आदिबासी जनजातिबाट पूर्व उपसभापति गोपालमान श्रेष्ठ, मधेसीबाट  पूर्व उपसभापति विमलेन्द्र निधि, दलितबाट सहमहामन्त्री जीवन परियार र मुस्लिमबाट फरमुल्लाह मन्सुर रहेका छन्।

नेताहरुले प्रतिनिधित्व गर्ने समुदाय र पार्टीमा हाल कायम जिम्मेवारीलाई हेर्दा सहमहामन्त्रीद्वय परियार र मन्सुर ‘निर्विरोध’ छानिने छन्। अन्य ३ भन्दा पार्टीमा अवसर समेत कम पाएका उनीहरुलाई सांसद न्यायिक देखिन्छ। अरु तीनमध्ये एक छान्नुपर्ने हुन्छ। तर, नेताहरुको लविइङ र निकटताले समेत प्रभाव पार्ने भएकाले यी पाँचमध्ये छानिने ३ जनाको अझै टुंगो लागेको छैन।

कसको सम्भावना कति ?
आदिवासी जनजातितर्फ ९ जना छान्नुपर्नेछ। कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीको क्रमअनुसार पुरुषबाट गोपालमान श्रेष्ठको सम्भावना छ। बाँकी ८ जना महिला नै हुनेछन्। महिलाहरुमा सरस्वती बजिमय, लिलादेवी वोखिम ९लिम्बू०, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर र मनोरमा शेरचन निर्वाचित हुनेछन्। यो कलस्टरमा पुरुष नछानिएको खण्डमा अञ्जनी श्रेष्ठ निर्वाचित हुन सक्छिन्।

यस्तै, खस आर्यको १० जनामा पुरुषबाट प्रकाशशरण महत पहिलो नम्बरमा छन्। पुरुषबाट उनले पाउँदा महिला तर्फबाट अम्बिका बस्नेत, सरिता प्रसाइ, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल र मैना रावल कार्की निर्वाचित हुनेछन्। महतले नपाउँदा उमा दाहालले पाउने सम्भावना रहन्छ।

यसैगरि थारु कलस्टर तर्फको २ जनामा पुरुषबाट १ कजना छानिएको अवस्थानमा योगेन्द्र चौधरी पहिलो नम्बरमा छन्। तर, यो कलस्टरबाट पुरुष पाउने सम्भावना देखिँदैन। महिला तर्फबाट कल्पना चौधरी  र बिना कुमारी थनेतको सम्भावना बलियो बनेको छ।

दलित कलस्टर तर्फको ५ जनामा सहमहामन्त्री जीवन परियार पुरुषतर्फ पहिलो नम्बरमा छन्। उनी छनोट हुँदा महिला तर्फबाट शान्ति विक, रुपा विक,  सीता मिजार, आशा विक निर्वाचित हुने छन्। सहमहामनन्त्री परियार छनोट नहुँदा विष्णुमाया परियार निर्वाचित हुनेछिन्।

मधेसी कलस्टरको ५ जनामा १ जना पुरुष छनोट हुँदा विमलेन्द्र निधिले पाउनेछन्। महिलातर्फ नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी र संगीता मण्डल निर्वाचित हुनेछिन्। निधिले यसपल्ट सांसद नबन्ने उदारता देखाउँदा भने उनकी भाञ्जी नीनुकुमारी कर्णले अवसर  पाउनेछिन्।

मुस्लिम कलस्टरबाट १ जनाले पाउँदा पुरुष पठाएमा सहमहामन्त्री फरमुल्लाह मन्सुर निर्वाचित हुनेछन्। यदि पुरुष नभएर महिला पठाएको खण्डमा जावेदा खातुन जागा निर्वाचित हुनेछिन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn