सिँजादर्पण,निर्वाचनको सन्देश र आम मतदाताको चाहना अनुरूप अहिले देशले युवा नेतृत्वको चाहना गरेको छ । समयानुकूल राजनीतिक परिवेश र जनअपेक्षाको सम्बोधनका निमित्त युवा प्रधानमन्त्रीको जनअपेक्षा चुलिंदो छ । जनअपेक्षाको पदचापलाई बुझेर पाका पुस्ताका शीर्ष नेताहरूले नै युवालाई अगाडि बढाउने अनुकूल प्रयत्नको सुरुवात होस् । संविधान जारी भएपश्चात् पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालका लागि भर्खरै प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भयो । शान्तिपूर्ण निर्वाचनपश्चात् आएका मतपरिणामले नयाँ राजनीतिक सन्देश प्रवाह गरेका छन् । नयाँ राजनीतिक दल, नयाँ सांसदहरूको आगमनले आम जनतामा उत्साह पनि थपिदिएको छ ।
यद्यपि, अब कस्तो र कसको नेतृत्वमा सरकार बन्ने भन्ने आम चर्चा चुलिंदो छ । युवा मतदाता बाहुल्य रहेका कारण अब सरकारको नेतृत्व पनि युवा पुस्ताले नै गरून् भन्ने आम मतदाताको चाहना छ । पटक(पटक प्रमाणित भइसकेका नेताहरूबाट अब देशको समुन्नति र सुशासनको अपेक्षा गर्न सकिंदैन भन्ने बहस चकिर्ंदै गएको छ ।यो केवल प्रधानमन्त्रीको कुर्सीमा को पुग्ने भन्ने बहस मात्र होइन । युवा पुस्ता अब परिवर्तन, सुशासन र समुन्नतिका लागि कुशल नेतृत्वको खोजीमा छन् । तर, पार्टीहरूभित्रको शक्ति सन्तुलन हेर्दा युवाले देश हाँक्ने अवसर लिन ठूलै विऽोह सिर्जना गर्नुपर्ने देखिन्छ । नेपालको सन्दर्भलाई हेर्दा बहुदलीय व्यवस्थापछि तीन दशकदेखिका पाका पुस्ताका नेताहरूको हालीमुहाली अझै पनि चलिरहेको छ ।
निर्वाचन एउटा पुस्ता पुस्तान्तरणको अवसर पनि हो । ताजा मत परिणामलाई हेर्दा मतदाताले परिवर्तन चाहेको स्पष्ट संकेत गरेका छन् । त्यो परिवर्तनका लागि विभिन्न राजनीतिक दलबाट विजयी युवा सांसद देशको शासकीय नेतृत्वमा आउन् भन्ने सन्देश छ । मुलुकको नेतृत्वका लागि सम्भावित दल एमाले र माओवादीबाट युवा प्रधानमन्त्रीको आकांक्षी अहिले देखिंदैनन् । कांग्रेसमा भने युवा पुस्ताको नेतृत्व गर्दै प्रधानमन्त्रीको दौडमा देखिएका एक मात्र नेता हुन्, महामन्त्री गगन थापा ।औपचारिक रूपमा अन्तिम मतपरिणामहरू सार्वजनिक भएपछि नेपाली कांग्रेसमा अब संसदीय दलको नेता र गठबन्धनबाट प्रधानमन्त्री को हुने भन्ने चर्चा चुलिंदो छ । अहिलेसम्म खासगरी नेपाली कांग्रेसभित्र प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्ऽ पौडेल, प्रकाशमान सिंह, डा। शशांक कोइराला, डा। शेखर कोइराला आकांक्षी छन् । पुरानो पुस्ताका नेतालाई महामन्त्री गगन थापाले नेतृत्व हस्तान्तरणका लागि तीव्र दबावमा राखेका छन् ।
गगन नेपाली कांग्रेसको महामन्त्रीमा भारी मतले निर्वाचित भए । यद्यपि यसअघि पनि उनी राजनीतिको केन्द्रमै थिए । उनले आमनिर्वाचन अगाडि नै संसदीय दलको चुनावमा भाग लिएर कांग्रेसबाट निर्वाचित सांसदका मतबाट संसदीय दलको नेता र गठबन्धनबाट भावी प्रधानमन्त्रीका बारेमा प्रोजेक्सन गरेका थिए ।
सोही अनुरूप चुनावमा विजयी पनि भए । आम जनचासो अबको संसदीय दलको नेता र प्रधानमन्त्रीका बारेमा छ । कांग्रेसबाट निर्वाचित सांसदको गणितीय संख्यामा मात्र होइन कि समयानुकूल नेतृत्व पुस्तान्तरण, निर्वाचनको सांकेतिक सन्देश, युवा बाहुल्यको आकांक्षा, राजनीतिक र शासकीय कौशलताबाट अब देशमा आमजनताको अवस्थालाई रूपान्तरणका लागि पनि गगन पुस्ताको हस्तक्षेपकारी कदम निकै अपेक्षाकृत छ ।
नेपालमा सात वटा संसदीय निर्वाचन भए । त्यी चुनावबाट १३ जना प्रधानमन्त्री बने । कति नेता त पटक(पटक प्रधानमन्त्री भए । तर पूरा कार्यकाल कुनै पनि प्रधानमन्त्रीले काम गर्न पाएनन् । अबको प्रधानमन्त्री को होला रु पूरा कार्यकाल सरकार चल्न सक्ला वा नसक्ला रु नेताहरूको प्राथमिकता विकास र सुशासन होला कि नहोला रु कांग्रेस संसदीय दलभित्र पार्टीको भविष्य र जनताको परिवर्तनको चाहनालाई कति सम्बोधन गर्न सक्छ रु भन्ने प्रश्नहरू निकै गहन रूपमा उब्जिएका छन् ।
नेपाली कांग्रेसको विधानले संसदीय दलको नेतालाई नै प्रधानमन्त्रीको उम्मेदवार मान्यता दिने हुँदा यसपटक सहजै संसदीय दलको नेता चयन नहुने संकेत देखिन्छ । संसदीय दलमा देखिएका आकांक्षी उम्मेदवारमध्येमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको प्रतिस्पर्धा हुने स्पष्ट संकेत छ ।
नेपाली कांग्रेसको संसदीय दलको नेताको चुनावमा भर्खरै निर्वाचित भएर आएका सांसदहरूले आम मतदाताको आवाज पुस्तान्तरणसहितको रूपान्तरणलाई आत्मसात् गर्न सकून् भन्ने धेरैको अपेक्षा छ । सांसद आफैंले पनि यस विषयलाई विवेक गर्नुपर्ने यो महत्वपूर्ण समय हो । त्यसका लागि आफ्नो मतमार्फत निर्वाचित गरेका सांसदहरूलाई खबरदारी गर्नुपर्ने समय पनि आइसकेको छ । यही कारण, देशलाई गगन नै प्रधानमन्त्री किन चाहियो रु भन्ने आम प्रश्नलाई यहाँ केही बुँदाहरूमा राख्न चाहन्छु ।
संसदमा गहकिलो आवाज
संसदका मुद्दाहरूमा गगनको गहकिलो प्रस्तुति, विषयविज्ञता र स्पष्टताका बारेमा अन्य पार्टीका नेताहरूले पनि नकार्दैनन् । विधायिकाका रूपमा उनले निर्वाह गरेको भूमिका र कार्यसम्पादनहरूले कैयौं कानुनका प्रारूपहरूमा परिष्कृत भई समयानुकूल आवाजको सम्बोधन गरेका सन्दर्भहरू ताजै छन् ।
सत्ता पक्षमा होस् अथवा प्रतिपक्षमा होस् जुनसुकै अवस्थामा पनि संसदमा निर्धक्क सरकारको खबरदारी र सहयोग गरेका हरेक कदम नेपाली समाजले सम्भिmरहेका छन् । यस्तै जुझारु र सक्रिय सांसदले अब सरकारको पनि नेतृत्व गरोस् भन्ने आमजनताको अभिलाषा चुलिंदो छ । नेपालको कानुन निर्माण र कार्यान्वयनको यस चरणका साथै प्रभावकारी सरकार गठन गरी शासकीय कौशलता आम जनताको अपेक्षा छ । जुन कुरा पछिल्लो निर्वाचनबाट मतदाताको मतले व्यक्त गरेका छन् ।
संसदमा हुँदा गगनले कानुनको परिमार्जनका सन्दर्भमा सधैं स्पष्ट विचार राखेका प्रशस्त उदाहरण हामीमाझ छन् । एमसीसी अनुमोदन, एसपीपीमा आशंका, विधेयकहरू माथिको छलफल र कानुन परिमार्जनको पहल, संसदीय समितिहरूमा रहेर गरेका उदाहरणीय कार्यहरू नतिजा(उन्मुख नै छन् ।
