Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

प्रचण्ड चाहन्छन् पाँचै वर्ष प्रधानमन्त्री ?


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, माघ १२, २०७९

प्रचण्ड चाहन्छन् पाँचै वर्ष प्रधानमन्त्री ?

सिँजादर्पण, १२ माघ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवारबारे पार्टीभित्र छलफल खुला गरेको छ । गत ९ माघमा आफ्नै निवास, धुम्बाराहीमा सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक राखेर राष्ट्रपति पदको उम्मेदवारबारे छलफल खुला गरेका हुन् । जसरी पनि राष्ट्रपति पद लिनुपर्ने तर्क गर्दै देउवाले त्यसदिन सम्भावित उम्मेदवारका रुपमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम लिएका थिए । त्यो बैठकपछि सिटौलाले पार्टीभित्र र बाहिर दौडधुप बढाएको कांग्रेस नेताहरू बताउँछन् ।पौडेल पनि दलहरुबीच राष्ट्रिय सहमति जुट्नुपर्ने वकालतसहित राष्ट्रपति बन्ने दौडमै छन् । ४ मंसिरको आमचुनाव अघि नै पौडेलले राष्ट्रपति पदमा दावी गरेका थिए । त्यसबेला कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन भएकाले पौडेलको आकांक्षालाई चासोका साथ हेरिएको थियो ।

किनकि तीनै तहको चुनावमा साझेदारी गरेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति दावी नगर्ने प्रष्ट संकेत दिएको थियो । तर चुनाव सकिएपछि गठबन्धन फेर्दै नेकपा एमालेको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए । एमाले गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री हुँदा कांग्रेस भने सबैतिर अल्पमतमा परेको छ ।तर संसदीय अल्पमतका कारणले नजित्ने पक्का रहेको राष्ट्रपति पदको उम्मेदवार बन्न पौडेल र सिटौलाले गरेको दावीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जबकी प्रचण्ड प्रधानमन्त्री बनेको राजनीतिक समीकरणमा कांग्रेस नभएर राष्ट्रिय राजनीतिको मुख्य चासो एमालेमा केन्द्रीत हुनुपर्ने हो । अझ राष्ट्रपतिको उम्मेदवारबारे हुने निर्णयमा एमालेको निर्णय महत्वपूर्ण बन्नुपर्ने हो ।

किनकि १० पुसमा प्रचण्ड प्रधानमन्त्री बन्ने निर्णय हुँदा नै राष्ट्रपति पद एमालेले पाउने सहमति जुटेको छ । त्यसैले सत्ता साझेदार दलहरू इमान्दार रहँदासम्म एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने लगभग पक्का जस्तै छ । सत्तारुढकै सहमतिअनुसार, १६७ मत पाएर सभामुखमा एमालेका देवराज घिमिरे र उपसभामुखमा १६५ मत पाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा० का इन्दिरा रानामगर निर्वाचित भइसकेकाले पनि राष्ट्रपतिबारे अन्य दलबाट हुने उम्मेदवारको ठूलो अर्थ छैन ।

तर कांग्रेस नेताहरुले आन्तरिक छलफलसँगै सार्वजनिक रुपमै राष्ट्रपति पद आफूले पाउने बताइरहेका छन् । सभामुखको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेकी ईश्वरी न्यौपानेको प्रस्तावक बसेका पार्टी महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपतिमा आफ्नो उम्मेदवारले जित्ने बताएका थिए । त्यसअघि डा।शेखर कोइरालाले विराटनगर पुगेर राष्ट्रपति पदलाई हेरेरै प्रचण्डलाई विश्वासको मत दिएको बताएका थिए ।

शर्मा र कोइराला जसरी सार्वजनिक टिप्पणी नगरेपनि सभापति देउवाले पार्टी बैठकमा आफ्नै उम्मेदवार राष्ट्रपति हुने बताउने गरेको कांग्रेस नेताहरु बताउँछन् । संसदीय समीकरण सत्ता साझेदारहरुकै पक्षमा भएपनि कांग्रेस नेताहरुले राष्ट्रपति पाउने विश्वास देखाउनुमा भने २६ पुसमा प्रचण्डलाई दिएको विश्वासको मत कारण हो ।

विश्वासको मत पाएको एक सातापछि, ३ माघमा प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखबारे छलफल गर्न सर्वदलीय बैठक राखेकाले पनि कांग्रेस नेताहरुको त्यस्तो विश्वास कायम रहेको रहेको हुनसक्छ । आफ्नै माग अनुसार, प्रचण्डले सर्वदलीय बैठक बोलाएको कांग्रेस नेतृत्वको बुझाइ छ ।

प्रचण्ड ओलीसँग निरन्तर सम्वादमा छन्, तर सँगै राष्ट्रिय सहमति भन्न छोडेका छैनन् । अर्कातिर डा।बाबुराम भट्टराई र नेकपा एकीकृत समाजवादीसँग एकताको पहल अगाडि बढाएका छन् । जनता समाजवादी पार्टी ९जसपा० सँग कार्यगत एकताका निम्ति कार्यदलमार्फत काम गरिरहेका छन् ।
यसबाहेक प्रधानमन्त्री प्रचण्डको सार्वजनिक टिप्पणीमा अलमल देखिनुले पनि भावी राष्ट्रपति कुन दलबाट हुन्दैछ भन्ने प्रष्ट हुन सकेको छैन । ३ माघमा बसेको कांग्रेस सहितको बैठकबाट बाहिरिने क्रममा समेत प्रचण्डले आफू राष्ट्रिय सहमतिको सहजकर्ता बन्ने बताएका थिए । जबकी एमाले अध्यक्ष केपी शर्मा ओली भने भावी राष्ट्रपतिबारे मात्रै नभएर राजनीतिक कोर्समा पनि प्रष्ट सन्देश दिन खोजिरहेका छन् ।

२६ पुसमा रोष्ट्रमबाटै ओलीले विश्वासको मतको बदला कांग्रेसले कुनैपनि पदमा भागबण्डा नपाउने संकेत दिएका थिए । यो समीकरण पाँच वर्षै टिक्ने निष्कर्षसहित ओली सरकारको बचाऊमा लगातार सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । राष्ट्रपति निर्वाचनमा एमालेको उम्मेदवारलाई कांग्रेसले समर्थन गरेमा राष्ट्रिय सहमति जुट्ने ओलीको प्रष्ट अडान छ ।

‘राष्ट्रपतिबारे सत्ता साझेदार दलहरुबीच सहमति जुटिसकेकै छ । एमालेकै उम्मेदवार राष्ट्रपति हुनेछन्’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भन्छन् । माओवादी केन्द्रका नेताहरुले पनि सत्तारुढबाट एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने सार्वजनिक टिप्पणी गरिरहेका छन् ।

प्रचण्डले देखेको अवसर

एमालेका एक पदाधिकारीका अनुसार, सार्वजनिक रुपमा राष्ट्रिय सहमति भनिरहेका प्रचण्डले ओलीसँगको भेटवार्तामा पनि सत्तारुढमा भएको सहमति नतोडिने बताउने गरेका छन् । ‘प्रचण्डले सहमतिमै अगाडि बढ्न तयार छु भन्ने गर्नुभएको छ’, ती पदाधिकारी भन्छन् । तर सार्वजनिक रुपमा एमाले उम्मेदवार राष्ट्रपति बन्छन् भन्न नसकेकोमा ती पदाधिकारी पनि शंका गर्छन् ।

‘प्रधानमन्त्रीले किन सहमतिबारे बोल्न सक्नु भइरहेको छैन, यसले केही आशंका त सिर्जना गरेकै छ’, उनी भन्छन् । हुनपनि प्रधानमन्त्री प्रचण्डको बक्तव्य र गतिविधि प्रष्ट नहुँदा एमालेभित्र राष्ट्रपति पदका आकांक्षी नेताहरुबारे उति धेरै छलफल हुन सकिरहेको देखिदैन । जबकी एमाले वृत्तमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य र सुवास नेम्वाङ, उपमहासचिव विष्णु रिमाल, नेताहरु गुरु बरालदेखि डोरमणि पौडेललाई समेत सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।

तर यी नेताहरु जत्तिकै प्रचार पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा०का अध्यक्ष महन्थ ठाकुर लगायतको नाममा समेत छलफल भइरहेको छ । केही समय अगाडि त राजनीतिक पार्टी बाहिरबाट राष्ट्रपतिको खोजी भइरहेको चर्चा समेत चलेको थियो । एक नेता, प्रधानमन्त्री प्रचण्ड प्रष्ट नहुँदा यस्ता आशंका र गतिविधिले ठाउँ पाएको बताउँछन् ।

प्रचण्डले प्रष्ट निर्णय नलिनुमा चाहिं प्रतिनिधिसभाको असाधरण विश्वासको मत पाएपछि बनेको राजनीतिक बातावरण रहेको ती नेता बताउँछन् । प्रधानमन्त्री प्रचण्डलाई कांग्रेससहित प्रतिनिधिसभाका दुई दल ९नेमकिपा र जनमोर्चा० बाहेक सबै दल र स्वतन्त्र गरी २६८ सांसदले विश्वासको मत दिएका थिए । जबकी ९ पुससम्म आलोपालो प्रधानमन्त्रीमा पहिलो कार्यकाल छोड्न समेत कांग्रेस तयार थिएन । प्रचण्डले गठबन्धन नै बदल्दा प्रतिनिधिसभाको सवैभन्दा ठूलो दल भएर पनि कांग्रेस विपक्षी बेञ्चमा धकेलियो ।

अकस्मात विकसित नयाँ राजनीतिक समीकरणबाट पुगेको क्षति न्यूनिकरण गर्न कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएर बदलामा राष्ट्रपतिमा समर्थन माग्ने र आवश्यक पर्दा सत्तासम्म पुग्ने नीति लियो । उच्च स्रोतका अनुसार, कांग्रेसमा देखिएको यस्तो सत्ता मोहमाथि टेकेर प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री बन्ने चाहनामा देखिएका छन् ।

‘अहिले प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री सुनिश्चित गर्ने चाहनामा देखिन्छन् । त्यस्तो नहुँदो त सरकार चलाउन आवश्यक बहुमतका निम्ति कांग्रेस मनाइनरहन जरुरी नै होइन’, ती स्रोत भन्छन् । एमालेसँग प्रचण्डले आलोपालो प्रधानमन्त्रीको सहमति गरेका छन् । ५ माघमा सभामुख निर्वाचित देवराज घिमिरेको पद प्रधानमन्त्रीसँग आलोपालोमा सकिनेछ ।

तर जसरी पनि राष्ट्रपति लिने कांग्रेस नेतृत्वको चाहनाले प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्रीको अवसर बन्न अनुकुल समीकरण हुने आधार समेत तयार भएको देखिन्छ । माओवादी केन्द्रका कतिपय नेता, राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेकै अवस्थामा पनि सरकारबाट एमाले नबाहिरिने तर्क गर्छन् । ‘एमालेसँग बिकल्प के छ त रु यो गठबन्धन भत्कनु भनेको फेरि १० पुसकै अवस्थामा पुग्नु हो’, एक नेता भन्छन् ।

ती स्रोतका अनुसार, प्रचण्ड एमालेसँगै पाँच वर्ष प्रधानमन्त्री बन्ने बिकल्प खुला राख्न चाहन्छन् । कांग्रेससँगको सहकार्यले राम्रो चुनावी नतिजा यसपटक पनि नआएकाले पनि प्रचण्डको रोजाइ एमाले नै हो ।

यसबाहेक ओलीबाट विगतमा पाएको धोकाका कारणले पनि प्रचण्ड राष्ट्रपतिको चुनाव अगाडि नै पाँचै वर्ष प्रधानमन्त्रीको सुनिश्चितता गर्न खोजिरहेका छन् । सभामुख र राष्ट्रपति समेत लिइसकेपछि ओलीले धोका दिए फेरि शक्तिहीन अवस्थामा पुगिने भयले पनि प्रचण्ड एमालेसँग थप सुनिश्चितता खोजिरहेका छन् । संवैधानिक निकायमा ओलीले सिफारिस र नियुक्त गरेका ५२ जनाको पद जोगिने, रवि लामिछानेले लिएको उपसभामुख र गृहमन्त्रीको साथ पाउने अनि राष्ट्रपति समेत ओली अनुकुल हुँदा प्रचण्डले आफूलाई असुरक्षित असुरक्षित महशुस गरेको अनुमान लगाउन सकिन्छ ।

त्यसैले प्रचण्ड ओलीसँग निरन्तर सम्वादमा छन्, तर सँगै राष्ट्रिय सहमति भन्न छोडेका छैनन् । अर्कातिर डा।बाबुराम भट्टराई र नेकपा एकीकृत समाजवादीसँग एकताको पहल अगाडि बढाएका छन् । जनता समाजवादी पार्टी ९जसपा० सँग कार्यगत एकताका निम्ति कार्यदलमार्फत काम गरिरहेका छन् । एकीकृत समाजवादीका एक पदाधिकारी, प्रचण्डले एकता र कार्यगत एकताको पहल भइरहेका एकीकृत समाजवादी र बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीसँग त राष्ट्रपतिको उम्मेदवारकै संकेत समेत दिने गरेका छन् ।

एमाले प्रचार विभाग उपप्रमुख रिजाल भने अहिले जुटेको सहमतिमा थप पुनरावलोकन गरेर भएपनि सत्ता गठबन्धन जोगिने बताउँछन् । ‘अहिले केपी ओली र प्रचण्ड कमरेड एकअर्कामा लचिलो बन्नुपर्छ भन्ने बुझाइमा देखिनु हुन्छ’ रिजाल भन्छन्, ‘पहिले विश्वासको संकटकै कारणले बिग्रिएको सम्बन्ध विश्वासकै वातावरण बनाएर जोड्नेतिर लाग्नु भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn