सिँजादर्पण, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । बालुवाटारमा मंगलबार भएको भेटवार्ता राष्ट्रपति चुनाव, रास्वपाका मन्त्री फिर्ता, सरकार सञ्चालनसहितका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।‘राष्ट्रपति चुनाव, रास्वपाका मन्त्रीहरूको राजीनामापछिको अवस्था, सरकार सञ्चालनसहितका विषयमा कुराकानी भएको हो,’ बालुवाटार स्रोतले भन्यो ।
कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि एमाले अध्यक्ष ओली सशंकित छन् । प्रचण्डले पनि राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा गरिरहँदा ओलीले दबाब बढाउनका लागि एकदुई दिन बिराएर प्रचण्डसँग भेटिरहेका छन् ।
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी कसूरमा मुद्दा चलाउन माग गर्दै निवेदन पेश भएको छ ।
अभिवक्ता युवराज पौडेल ९सफल० ले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएका हुन् ।लामिछानेले तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड ख र हाल प्रचलित राहदानी ऐन २०७६ को दफा २१ को खण्ड ९क० विपरीत गतिविधि गरेकाले पाँच वर्ष कैद र हदैसम्म जरिमाना गर्नेगरी मुद्दा चलाउन निवेदनमा माग गरिएको छ ।
सत्ता साझेदार दलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न गरिरहेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताएकी हुन् । मंगलवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको उत्तर दिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार संकटमा नरहेको बताइन् । उनले सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले पार्टीलाई पुनः सरकारमा ल्याउन राजनीतिक ढंगबाट पहल गरिएको बताइन् ।
सर्वोच्च अदालतले सन् १९४७ को गोर्खा भर्तीसम्बन्धी सन्धि खारेज गर्नुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदन खारेज गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले मंगलबार उक्त रिट निवेदन खोरज गरेको हो । अदालतको पूर्णपाठ भने तयारी गर्न बाँकी छ ।
सर्वोच्च अदालतले लोकसेवा आयोगसहित विभिन्न निकायको सम्पूर्ण विज्ञापन तत्काल खोल्न आदेश गरेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले कुनै पनि कारणले विज्ञापन रोक्न नमिल्ने र थारुलगायत पछाडि परेका वर्गका लागि आरक्षण दिनुपर्ने विषयमा आगामी आर्थिक वर्षमा पूर्ति हुने सिट निर्धारण गर्न परमादेश गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विभिन्न समयमा दिएको निर्देशन र गरेको सम्वोधनलाई समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एकीकृत कार्ययोजना तयार पारेको छ। प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको टीमले एकीकृत कार्ययोजना तयार पारी प्रस्तुत गरेको हो l प्रधानमन्त्री कार्यालयले तयार पारेको एकीकृतमाथि बुधबार दिउँसो सिंहदरबारमा बृहत् छलफलसमेत भएको छ। नेपाल सरकारका मन्त्रीहरू, सचिवहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू लगायत विभागीय प्रमुखहरूको उपस्थिति रहेको सो छलफलमा एकीकृत कार्ययोजनामाथि सहभागीहरूले आफ्नो धारणा राखेका थिए ।
