Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

पूर्वराजासँग राप्रपा नेताहरूले सोधे ‘भद्र सहमति’को प्रसङ्ग :ज्ञानेन्द्रले केभने ?


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, चैत्र ९, २०७९

पूर्वराजासँग राप्रपा नेताहरूले सोधे ‘भद्र सहमति’को प्रसङ्ग :ज्ञानेन्द्रले केभने ?

सिँजादर्पण काठमाण्डौ ।। राष्ट्रिय प्रजातन्त्र पार्टीका चार जना नेताहरू पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गर्न बुधवार झापा पुगे।विगत केही महिनादेखि दमक बस्दै आएका पूर्वराजासँग त्यसअघि गत महिना राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भेट गरेका थिए। त्यो उनको दुई महिनामै दोस्रो भेट थियो।फागुन एक गते झापाका व्यवसायी दुर्गा प्रसाईँले सुरु गरेको एउटा अभियानको उद्घाटनमा सहभागी भएका पूर्वराजा शाहलाई भेट्न पुगेका राप्रपा नेताहरूले नेपालमा गणतन्त्र घोषणाअघि दलहरूसँग भएको दाबी गरिएको भद्र सहमति कार्यान्वयनबारे छलफल गरेको मिश्रले बताएका छन्।“संसद्ले उत्तराधिकारी निर्धारण गर्ने र छोरी पनि उत्तराधिकारी हुनसक्ने र गद्दीमा आसीन हुनसक्ने भनेर निर्णय गरेको थियो,” भेटबारे मिश्रले बीबीसी नेपालीसँग भने।“त्यो सहमतिमा फर्किनुपर्छ भन्ने हामीले उठाएका थियौँ।” राजाको सुरुदेखिकै मसँगको छुट्टाछुट्टै भेट होस् वा सामूहिक भेट होस् वा अरूहरूसँगको भेट होस्, एउटा कुरा चाहिँ देशकै बारेमा देशको शान्ति स्थिरताकै बारेमा हुने गरेको छ।मैले दुई दशकको पत्रकारितामा सबै नेताहरूसँग भेट गरेको छु र राजासँग पनि भेट गर्ने अवसर पाएको छु। त्यो सबै हेर्दा म निःसन्देह रूपमा के भन्न सक्छु भने राजामा जति देशभक्ति, देशप्रतिको चिन्ता र माया अन्य नेताहरूमा छैन।

राजाबाट कमजोरी भएनन् भन्ने होइन तर त्यो जुन किसिमको देशप्रतिको प्रतिबद्धता छ त्यो सबैभन्दा धेरै राजामै पाएको छु। अहिलेको राजनीतिबारे चाहिँ ज्ञानेन्द्र शाहको चासो र चिन्ता चाहिँ कस्तो विषयमा रहेछन ?उहाँलाई चासो र चिन्ता देशको बारेमा हो। अहिलेको राजनीतिले देशलाई ठिक ढङ्गबाट ठिक दिशामा लगिरहेको छैन भन्ने बुझाई राजामा पनि छ।राजाले आफू राजा हुनको लागि राजसंस्था वा हिन्दू राष्ट्रको सोच राखेको कत्ति पनि आभास मिल्दैनथ्यो।राष्ट्रपति निर्वाचनको मुखैमा पूर्वराजाको सहकार्य प्रस्तावुले गरेको सङ्केत । पूर्वराजाद्वारा एमाले नेताको कार्यक्रम उद्घाटन, लाग्यो राजतन्त्रको पक्षमा नाराबाजी
राजसंस्था भयो भने यो देश कुनै बेला सङ्कटमा पर्दा वा एकताको आवश्यकता पर्दा र कुनै पनि किसिमको विग्रह वा विखण्डन आउने अवस्था हुँदा वा बदलिएको भूराजनीतिमा अन्य देशहरू जस्तो किसिमको जटिलतामा फसेका छन् त्यस्तै किसिमका परिस्थिति आउँदा त्यो लामो ऐतिहासिक विरासत भएको राजसंस्थाले यो देशलाई जोगाउन सक्छ भन्ने नै उहाँको मूल चिन्ता थियो।तपाईँ लगायत राप्रपाका नेताहरूले बारम्बार पूर्वराजासँग भेट गरिरहनुभएको छ।

राजाले हामीलाई मात्रै भेटेको होइन। अरू धेरैलाई पनि राजाबाट भेटिराखेकै हो। हामी चाहिँ देशमा स्वाभाविक रूपमा राजसंस्था र हिन्दु राष्ट्रको ऐजेन्डा बोक्ने मूल शक्ति भएको हुनाले हामीसँगको संवाद अलिकति बढी हुनु अस्वभाविक होइन।
विसं २०६२(६३को आन्दोलन उत्कर्षमा पुगेको बेला राजा र तत्कालीन प्रमुख राजनीतिक दलहरूबीच एउटा भद्र सहमति भएको भन्ने कुरा विभिन्न स्रोतबाट बाहिर आएकै छ।

संसद् पुनर्स्थापित गर्ने कुरा भएको थियो। संवैधानिक राजसंस्था कायम राख्ने भनिएको थियो। आन्दोलन स्थगित गर्ने पनि कुरा गरिएको थियो। सार्वभौम अधिकार जनतामा रहने र कार्यकारी अधिकार मन्त्रिपरिषद्‌मा राख्ने भन्दै पाँचवटा बुँदामा भद्र सहमति भएको हो।

त्यही अनुसार संसद् पुनर्स्थापना भयो र त्यसको पहिलो बैठकले सहमति अनुरूप त्यति बेलासम्म राजपरिषद्ले राजाको उत्तराधिकारी को हुने भन्ने निर्णय गरिआएकोमा अब त्यो अधिकार संसद्ले लिने र संसद्ले उत्तराधिकारी निर्धारण गर्ने र छोरी पनि उत्तराधिकारी हुनसक्ने र गद्दीमा आसीन हुनसक्ने भनेर निर्णय लिएको थियो।त्यो भद्र सहमतिपछि यी दलहरूले धोका दिए। त्यो सहमतिमा फर्किनुपर्छ भन्ने हामीले उठाएका थियौँ।हामी बीचमा एक किसिमको भद्र सहमति भएको हो भन्ने उहाँको जवाफ थियो। त्यसभन्दा बढी कोट्याउने काम चाहिँ हामीले गरेनौँ।राप्रपा नेताहरूसँग भएको भेटबारे पूर्वराजाका सचिव फणीराज पाठकले प्रतिक्रिया दिन मानेनन्।तर तत्कालीन सात दलमध्ये जनमोर्चा नेपालका तत्कालीन अध्यक्ष अमिक शेरचनले राजा र दलहरूबीच भद्र सहमति भएको मिश्रको दाबी अस्वीकार गरेका छन्।हाल लुम्बिनी प्रदेशका प्रदेश प्रमुख रहेका शेरचनले बीबीसीसँग टेलिफोनमा भने, “त्यसबेला भद्र सहमति भएको होइन। मौखिक कुरा भएका हुन् तर दलहरूले ठिक छ भनेर स्वीकृति गरेको होइन।”

नेपालमा पनि यी राजाले गद्दीत्याग गरेका थिए
कहिले दरबारको कृपा, कहिले कटाक्ष दरबारले पुनर्स्थापित संसद्को जेठमा भएको बैठकमा दरबारले एउटा मस्यौदा पठाएको तर संसद्ले त्यसलाई स्वीकृत नगरेको शेरचनको दाबी छ।“त्यस्तो प्रस्ताव आठ गते आएको थियो। त्यसलाई हामीले ११ गते रिजेक्ट गरेका हौँ,” शेरचनले थपे।तत्कालीन दरबार र दलहरूबीच भद्र सहमति भएका दाबी यसअघि पनि पूर्वराजाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गर्दै आए पनि दलहरूले त्यस्तो दाबी अस्वीकार गर्दै आएका छन्।

पूर्वराजा शाहले गत फागुन ७ गते प्रजातन्त्र दिवसको शुभकामना सन्देशमा दलहरूसँग “सहकार्य”को प्रस्ताव गरेका थिए।“अब देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने” पूर्वराजाको सन्देशमा प्रमुख राजनीतिक दलहरूले सकारात्मक प्रतिक्रिया दिएनन्।यस्तो आह्वान पछि नेपालमा गणतन्त्र घोषणा पछि पनि राजसंस्था र हिन्दू राष्ट्र पुनस्स्थापनाको वकालत गरिरहेको राप्रपाका नेताहरू पूर्वराजासँग सामूहिक भेटका लागि पुगेका थिए।नेपाल एकीकरण गर्दा स्थापित सेनाका पाँच एकाइ कुन हुन् र अहिले कहाँ छन्ज्ञा नेन्द्र शाह राजाबाट हटेको झन्डै डेढ दशकपछि ुराष्ट्रनिर्माताुको सालिकमा माल्यार्पण गर्न किन गए
यो दल यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको विषयमा पूर्वराजा असन्तुष्ट भएको विवरण आएका थिए।“राप्रपा सरकारमा जाने हो भने आम रूपमा सर्वसाधारणलाई चित्त बुझाउनुपर्छ भन्ने कुरामा उहाँ सहमत हुनुहुन्छ,” त्यसबारे सोधिएको जिज्ञासामा मिश्रले भने। विविसि नेपाली वाट लियको ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn