सिँजादर्पण, सुर्खेत । नेकपा (एमाले), कर्णाली पार्टी स्कुल विभागको आयोजनामा आजबाट सुर्खेतमा पाँच दिने प्रशिक्षक–प्रशिक्षण कार्यक्रम प्रारम्भ भएको छ ।नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले वर्तमान सरकार अजिबको भएको टिप्पणी गरेका छन् ।संघीयता खारेजीको एजेण्डा बोक्नेदेखि १४ वटा प्रदेशको पक्षमा रहेका मधेसवादी पनि वर्तमान सरकारमा रहेको उनले बताए । बुधबार नेकपा एमाले स्कुल विभाग कर्णाली प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले गठबन्धनको सिद्धान्त भनेकै ‘मिलिजुली बसौँ, बाँढीचुढी खाऔँ’ भन्ने रहेको बताए । कर्णाली पार्टी स्कुल विभागको आयोजनामा आजबाट सुर्खेतमा पाँच दिने प्रशिक्षक–प्रशिक्षण कार्यक्रम प्रारम्भ भएको छ । पार्टीका उपमहासचिव तथा केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख कमरेड प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा कर्णाली प्रदेश इन्चार्ज कमरेड लेखराज भट्ट, स्थायी कमिटी सदस्य कमरेड यामलाल कँडेल र पार्टी स्कुल संयोजकका हिसाबले मैले धारणाहरु राखेर कार्यक्रम उदुघाटन गरिएको छ ।

प्रदेश स्कुल विभाग प्रमुख विनोदकुमार शाहको अध्यक्षता, उपप्रमुख ताराकेशर गौतमको स्वागत र सचिव टेकेन्द्र बस्नेतको सञ्चालनमा सम्पन्न उद्घाटन समारोहपछि कक्षा सुरु भएको छ । र, आज कमरेड प्रदीप ज्ञवालीले मारक्सवादी दर्शनका बारेमा दुई घण्टा कक्षा लिनुभएको छ । प्रदेश प्रशिक्षक तयार गर्ने गरी पार्टीको केन्द्रीय स्कुल विभागको पाठ्यक्रमबमोजिम आयोजित कार्यक्रममा कर्णालीका १० जिल्लाका ५० जना अगुवा कमरेडहरुको उत्साहपूर्ण सहभागिता छ । आशा गरौँ, यसबाट हामी अपेक्षित परिणाम निकाल्न सक्नेछौँ ।
