l;Fhfbk{0f,काठमाडौं । नेपालका बाँया हाते ब्याटर कुशल मल्लले नेपालले विश्वकप खेल्ने यो निकै राम्रो अवसर रहेको बताएका छन् ।
टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत मलेसियासँगको खेलमा ६५ रनको अर्धशतकीय पारी खेलेका कुशलले २०१४ पछि विश्वकप खेल्ने राम्रो अवसर आएको बताएका हुन् ।‘२०१४ को विश्वकप हेरेर हुर्किएको हामीलाई अर्को पटक विश्वकप खेल्ने यो राम्रो मौका हो । यो निकै महत्वपूर्ण छ’, उनले जितपछि पत्रकार सम्मेलनमा भने ।
मंगलबारको खेलमा तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशलले आफूले पाएको जिम्मेवारी पूरा गरेको बताए । ‘अगाडि ब्याटिङ गर्ने मौका आएको थियो फिनिस गर्नुपर्ने त्यो चाहिँ भएन’, उनले भने ।
