काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रिय सभामा पटकपटक अवसर पाएकालाई प्राथमिकतामा राख्दै उम्मेदवार बनाउन खोजेका छन् । देउवाले आफू पक्षका ६ जनालाई राष्ट्रिय सभामा लैजाँदै छन् ।
देउवाले राष्ट्रिय सभामा लैजान लागेमध्ये निर्वाचनमा पराजित भएकादेखि आफ्नो विश्वासमा रहेका नेतालाई राष्ट्रिय सभा निर्वाचनमा सिफारिस गर्न लागेको काँग्रेसका एक नेताले जानकारी दिए । अघिल्लो वर्ष मंसिरमा भएको निर्वाचनमा झापा–३ बाट पराजित कृष्णप्रसाद सिटौला, अर्घाखाँचीबाट पराजित भएकी नेतृ पुष्पा भुसाललाई राष्ट्रिय सभामा लैजाने सूचीमा छन् ।
त्यस्तै, अपांगता भएको कोटामा नारायणदत्त भट्ट अनि अन्य पुरुष कोटामा संविधानसभा सदस्य कञ्चनपुरका बलदेव बोहरा रहेका छन् । त्यस्तै, बाग्मती प्रदेशबाट देउवाले आफ्नो कोटामा कलाकार नीर शाह र केन्द्रीय सदस्य जितजंग बस्नेतको नाम छ । त्यस्तै, बाँकी रहेका सिटमा संस्थापनइतर समूहलाई छुट्याएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि एउटा मापदण्ड बनाएर मात्रै सिफारिस गर्न भने पनि देउवाले सो विषयलाई पुरै नजरअन्दाज गरिदिने भएका छन् । १२ पुस देखि १४ गतेसम्म तीन दिन चलेको कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय नम्बर दुईमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयनसम्बन्धी विषयले स्थान पाएको छ ।
‘पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पु(याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ निर्णयमा लेखिएको छ । तर, देउवाले सो निर्णयलाई उल्टाउँदै आफू खुसी राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्न लागेका छन् ।
पार्टीका महामन्त्री गगन थापाले राष्ट्रिय सभा सदस्यको मापदण्डाको विषयलाई लिएर सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए । महामन्त्री थापाले कांग्रेस भक्तपुर–२ को क्षेत्रीय सम्मेलनका क्रममा उम्मेदवारको नाम सभापतिको कोटको खल्तीमा भएको बताएका थिए । संसदीय बोर्डमा गुटको टाउको गनिने र सभापति बोलेपछि धन्यवाद भन्ने प्रचलन कांग्रेसमा रहेको थापाको भनाइ थियो । उनले विधि नबदल्ने हो भने कांग्रेसमा संगठित भएका लाखौं मान्छेलाई आफूमाथि अन्याय भएको लागिराख्ने बताए । महासमितिको बैठक आउँदै गरेकाले उम्मेदवार चयनको विधि’दयगत त्यहाँ छलफल गरिनुपर्ने उनको भनाइ थियो ।
राष्ट्रिय सभामा ९ जना उम्मेदवार बनाउनुपर्ने भएता पनि प्रत्येक प्रदेशले ३०० जनाको नाम पठाइदिएको उनको भनाइ छ ।
