सिँजादर्पण, कप्तान रोहित पौडेलले ईश्वरजोत सोहीलाई बोल्ड गरेपछि एउटा नाटकीय खेलमा नेपालले क्यानडालाई हराउँदै सात रनको रोमाञ्चक जित हात पारेको छ। दोस्रो ओभरको ४५ औँ ओभरको अन्तिम बलमा उदय भगवान्लाई रोहितले बोल्ड गर्नुअगाडि क्यानडा २०७र७ को सुरक्षित जिततिर अग्रसर थियो। तर त्यसपछि थप १० रन बनाउँदा टोली अलआउट हुन पुग्यो। अनि नेपालले अपत्यारिलो जित हात पार्यो।
खेलमा नायक बनेका कप्तान पौडेलले कुल चार विकेट लिए।क्यानडासँगको एकदिवसीय श्रृङ्खलाअन्तर्गत बिहीवारको यो जित क्यानडाविरुद्ध नेपालको एकदिवसीय भेटमा पहिलो जित पनि हो।त्यसअघि क्यानडाका मध्यक्रमका खेलाडी निकोलस किर्तोन (६८ रन) र परगत सिंह ९५० रन० ले धैर्यपूर्ण ब्याटिङ गर्दा नेपाली बलरहरू अप्ठेरोमा परेका थिए।
अर्को हप्ताबाट कीर्तिपुर मैदानमै सुरु हुने विश्वकप लीग(२ को तयारीस्वरूप यो श्रृङ्खला खेलिएको हो।कप्तान रोहित पौडेलले टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल नौ विकेटको क्षतिमा २२४ रनमा समेटिन पुगेको थियो। प्रारम्भिक ब्याटर कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्दै नेपाललाई सही सुरुवात दिलाए पनि मध्यक्रमका प्रमुख ब्याटरहरू चल्न नसक्दा नेपालले चुनौतीपूर्ण लक्ष्य खडा गर्न सकेन।
कुशलले ५८ बलमा ६२ रन बनाउने क्रममा नौ चौका र तीन छक्का प्रहार गरेका थिए। आसिफ शेखसँग मिलेर उनले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरे। एघाऔँ ओभरमा आसिफ शेख आठ रन बनाई पभिल्यन फर्किए। कप्तान रोहित पौडेल पनि टिक्न सकेनन्। उनी १४।३ ओभरमा आठ रन नै बनाएर बोल्ड हुनपुगे।
पहिलो पटक राष्ट्रिय टिममा परेका रिजन ढकालले चार रन बनाए भने सूर्य तामाङ १० रनमा अविजित रहे। ललितनारायण राजवंशीको भागमा एक रन पर्यो।
क्यानडाका लागि उदय भगवान्ले तीन, ईश्वरजोत सोहीले दुई, साद बिन जफरले दुई तथा हर्ष थेकर र सहिद अज्माजीले एकएक विकेट लिएका थिए। नेपालले अब अर्को खेल शनिवार खेल्नेछ।
