सिँजादर्पण धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निकम्मा सरकार भएको टिप्पणी गरेका छन् । नेकपा एमालेको नवौं कैलाली जिल्ला अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले वर्तमान सरकार प्रति खरो टिप्पणी गरेका हुन् ।ओलीले ३९६ वटा अस्पतालहरू हरेक पालिकामा हुनुपर्छ भनेर आफूले सुरुवात गरेपनि अहिलेको सरकारले त्यसको बेवास्ता गरेको दाबी गरे । ‘एउटा पनि देखाउन लायक काम प्रधानमन्त्रीले गर्नु भएको छैन । एक वर्ष पुगेको बेला भाषण गर्दा पनि हामी काम गर्छौं, सच्चिन्छौं भन्नुहुन्छ ’ ओलीले प्रचण्डलाई भने, ‘७० वर्ष पुग्न लाग्नु भयो अहिलेसम्म नसच्चिएको कहिले सच्चिने हो ?अहिले मुलुक गम्भीर मोडमा रहेको टिप्पणी गर्दै ओलीले भने, ‘स्वाधीनता स्वतन्त्रता कमजोर भएका छन् । तिनको संरक्षण गर्न सकिएको छैन । देशमा सुशासन छैन ।’सरकारले गलत काममा संलग्नहरूलाई पनि कारबाही गर्न नसकेको पनि ओलीको आरोप थियो ।
