सिँजादर्पण । कडा सुरक्षा घेराभित्र रहने सङ्घीय संसद् भवन परिसरमै प्रवेश गरेर लघुवित्त पीडितहरूले प्रदर्शन र नाराबाजी गरेका छन्। नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा झन्डै तीन दर्जन प्रदर्शनकारीहरू प्रवेश गर्दा भित्र राष्ट्रिय सभाको बैठक चलिरहेको संसद् सचिवालयका प्रवक्ताले बीबीसी न्यूज नेपालीलाई जानकारी जानकारी दिएका छन्।प्रदर्शनकारीहरूले संसद् भवनको मुख्य द्वारअघि नाराबाजी गरेर आफ्ना मागबारे सांसदहरूको ध्यानाकर्षण गराएका थिए। लघुवित्तका कारण आफूहरू मर्कामा परेको भन्दै विभिन्न जिल्लाबाट आएका दर्जनौँ मानिसहरूले गत सातादेखि राजधानीका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन्।संसद् भवन परिसरमा लघुवित्त पीडित प्रवेश गरेको घटनाबारे छानबिनका लागि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ।
नेपाल प्रहरीका प्रवक्ता भिम ढकालले घटनाबारे छानबिन गरेर यथाशीघ्र प्रतिवेदन बुझाउन तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए। कसरी त्यो घटना भयो भनेर बुझ्नका लागि समिति बनाइएको हो,उनले भने। काठमाण्डौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा गठन भएको समितिमा तीन जना छन्।भवनको परिसरभित्र प्रवेश गर्न खोज्ने केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,” काठमाण्डू उपत्यका प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका छानबिन समितिका संयोजक मैनालीले भने। सहकारीमा फस्यो ‘जीवनभरिको’ कमाइ, सरकारले सहमति गर्यो, ‘कार्यान्वयन गरेन रवि लामिछानेको नाम मुछेर दर्ता भएको उजुरीमा सहकारी विभाग के गर्दै छ । प्रहरीले संसद् सचिवालयलाई दिएको जानकारीअनुसार यसरी प्रवेश गर्ने प्रदर्शनकारीहरू ३५ जनाजति थिए।संसद् भवन परिसरमा विशेष प्रवेशपास लिएर मात्रै प्रवेश दिइने व्यवस्था छ। प्रवेश गर्ने व्यक्तिहरूलाई पनि विशेष सुरक्षाजाँच गर्ने गरिएको छ।संसद् भवनको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिने गरेका छन्। भवनभित्र प्रवेश गर्ने व्यक्तिहरूको चेकजाँच भने नेपाल प्रहरीले गर्दै आएको छ।संसद् भवन परिसरमा तीनवटा ढोका छन्।
नयाँबानेश्वर चोकतर्फको दुई नम्बर गेटबाट उनीहरू प्रवेश गरेको प्रहरीले संसद् सचिवालयलाई जानकारी गराएको छ। उक्त ढोकाबाट सांसदहरूको आवतजावतका लागि मात्रै खोल्ने गरिएको छ।सहकारीमा महिलाको सहभागिता पुरुषको भन्दा बढी“प्रतिनिधिसभाको बैठक सकिएर सांसदहरू बाहिरिने क्रममा पूरै ढोका खोलिएको र अचानक महिलाहरू बलजफतीभित्र प्रवेश गरेको जानकारी प्रहरीले दिएको छ,सङ्घीय संसद्सचिवालयका प्रवक्ता एकराम गिरीले । त्यस बेला गेटमा पुरुष प्रहरीहरू मात्रै ड्यूटीमा भएका र महिला प्रहरी बोलाउँदासम्म भवनअगाडि पानीको फोहोरा भएको ठाउँसम्म पुगेको प्रहरीको भनाइ छ।”
संसद् भवनको भित्री सुरक्षामा खटिएका मर्यादापालक भनिने विशेष सुरक्षाकर्मीहरूले उनीहरूलाई भवन भित्र जानबाट रोकेका थिए। त्यसपछि लघुवित्तपीडितहरूले संसद् भवनको परिसरमै सुतेर प्रदर्शन गरेका थिए।उनीहरूले लघुवित्तबाट लिइने महँगो ब्याज घटाउनुपर्ने माग गर्दै विगत एक सातादेखि राजधानी काठमाण्डूका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन । मर्यादापालकहरूले प्रदर्शनकारीलाई संसद् भवनभित्र छिर्न दिएनन्
छानबिन समिति संयोजक मैनालीले घटनाबारे छानबिन भइरहेको बताए। “कसरी उनीहरू प्रवेश गरे भन्नेबारे छानबिन भइरहेको छ,” मैनालीले भने। संसद् सचिवालयले पनि यसबारे चासो राखेर बुझ्ने काम गरिरहेको प्रवक्ता गिरीले बताए।
