सिँजादर्पण । काठमाडौँ — माओवादी केन्द्र स्थायी समितिका सदस्यहरुले राष्ट्रिय सभा अध्यक्षको दाबी छाड्न नहुने सुझाव दिएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी समिति बैठकमा उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दाबी नछाड्न सुझाव दिएका हुन् ।
राष्ट्रिय सभा अध्यक्ष दाबी छाड्न हुन्नः माओवादी
उपाध्यक्ष एवं प्रवक्ता अग्तिप्रसाद सापकोटाले स्थायी समितिका सबै सदस्यहरुको दाबी छाड्न नहुने सुझाव आएको बताए । ‘गठबन्धनमा शक्ति बाँडफाँट सिद्धान्तअनुसार राष्ट्रिय सभा अध्यक्ष छोड्न नहुने सुझाव आएको छ,’ उनले भने, ‘यसबारे बुधबारको बैठकले निर्णय गर्ने छ ।’
हाल माओवादी सांसद उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्ष छन् । माओवादीले सरकारको नेतृत्व माओवादीलाई हस्तान्तरण गर्दा कुनै पनि संवैधानिक अंगको प्रमुख पार्टीको नहुने भएकाले राष्ट्रिय सभा अध्यक्ष दाबी गर्ने जनाउँदै आएको छ । समिति सदस्यहरुले राष्ट्रिय सभा अध्यक्षमा सम्झौता नगर्न दाहाललाई आग्रह गरेका छन् । कांग्रेसले पनि राष्ट्रिय सभा अध्यक्ष दाबी गर्दै आएको छ ।
