सिँजादर्पण जुम्ला ।उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिना प्रकरणमा बिहीवार बयान दिएका छन्।तर उनीविरुद्ध मुद्दा चलाउने कि नचलाउने भन्ने टुङ्गोमा पुग्न केही समय लाग्ने काठमाण्डू जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुखले बताएका छन्।“अब थप अनुसन्धान र थप प्रमाण सङ्कलन गर्ने काम हुन्छ। अनुसन्धान जारी रहेको भन्दै बयानमा विनोद चौधरीले भनेको कुराबारे टिप्पणी गर्न नमिल्ने सहन्यायाधिवक्ता श्रेष्ठले बताए।
बयान दिएर निस्किएपछि चौधरीले पत्रकारहरूसँग कुरा गर्दै अनुसन्धानमा सघाउन मौखिक रूपमा बोलाइएपछि आफू आएको बताए। उनले संसद्मा उक्त प्रकरणबारे आफूले स्पष्ट पारिसकेको पनि बताए।
