सिँजादर्पण, जुम्ला । कर्णाली मिसन अनलाईन पत्रिकाका प्रशाक तथा प्रधानसम्पादक सागर परियार यूवा पत्रकारिता पुरस्कार(२०८१ बाट पुरुस्कृत भएका छन् । जुम्लामा लामो समयदेखी पत्रकारिता गर्दै आएका क्रियाशील पत्रकार परियार नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने ‘यूवा पत्रकारिता पुरस्कार(२०८१‘ बाट पुरुस्कृत भएका हुन् ।
बुधबार सिंहदबारमा आयोजित एक विशेष समारोहका बीच पत्रकार परियारलाई यूवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ तथा मन्त्रालयका सचिवले नगद रासी ५० हजार सहित दोसला ओड्याए सम्मान पत्र हस्तान्तरण गरेका हुन् । देशभरका पत्रकारहरु मध्य प्रतिस्पर्धाबाट छनोट भई परियारले पुरस्कार प्राप्त गर्न सफल भएका हुन् ।
जुम्लामा वि।स २०७१ सालदेखि पत्रकारितामा सक्रिय पत्रकार सागर परियारले जुम्ला सहित कर्णालीका आर्थिक,सामाजिक,साँस्कृतिक विकास निर्माण,यूवा सशक्तिकरण तथा उद्यमशीलताका क्षेत्रमा कलम चलाउदै आएका छन् । पुरुस्कृत भएपछि पत्रकार परियारले मोपसलको पत्रकारिताका संघर्षले सफलता मिलेमा खुसी व्यक्त गरे । साथै पुरस्कार वितरण चिनजानका आधारमा दिन्छन् भन्ने भाष्य आफ्नो लागि गलत सावित भएको समेत उनको भनाई छ ।
यश अघि पत्रकार परियार स्व।दिप बहादुर स्मृती क्रियाशील पत्रकारिता पुरस्कार लगायत जिल्लास्तरका थुप्रै सम्मान तथा पुरस्कार पाएका छन् । पत्रकार परियार नेपाल पत्रकार महासंघ जुम्लाका सह(सचिव तथा गिडिदह मिडिया प्रा।लीद्दारा संचालित कर्णाली मिसन अनलाईन पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक समेत हुन् । भने कारोबार राष्ट्यि दैनिक र रेडियो नेपालमा जुम्लाबाट रिपोर्टिङ गर्दै आएका छन् ।
