सिँजादर्पण, काठमाडौं । प्रतिनिधिसभामा प्रधाममन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा दुई तिहाइ मत परेको छ । शुक्रबार प्रधानमन्त्री प्रचण्डले पाँचौं पटक विश्वासको मत लिँदा दुई तिहाइ सांसद विपक्षमा उभिएका हुन् । एमाले, जसपा, नाउपा र जनमतले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० ९२० अनुसार विश्वासको मत मागेका थिए ।विश्वासको मतको मत विभाजनको बैठकमा उपस्थित २५८ जना सांसद मध्ये प्रधानमन्त्री प्रचण्डको प्रस्तावको पक्षमा माओवादी, रास्वपा र एकीकृत समाजवादीका ६३ सांसदले मतदान गरे ।
प्रधानमन्त्री प्रचण्डको विपक्षमा १९४ मत परेको छ भने एक जना सांसद तथष्ठ मत प्रकट गरेका छ । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ । कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, नाउपा र स्वतन्त्र सांसदहरुले पनि विपक्षामा मत जाहेर गरेका छन् ।
