सिँजादर्पण,काठमाडौं । भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस् टिचिङ हस्पिटल ९पुरानो मेडिकल कलेज अस्पताल० को तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका–२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर रहेका छन् । मगरले बिहिबार बिहान करीव १०ः४० बजे अस्पतालको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पित्त थैलीको क्यान्सरबाट पिडीत उनी हिजो मात्रै सो अस्पतालमा आई भर्ना भएर उपचार गराई रहेका थिए । प्रहरीका अनुसार अस्पताल भवनबाट हाम फालेर गम्भीर घाइते भएका मगरको सोही अस्पतालमा उपचारका क्रममा आज विहान ११स् ३० बजे मृत्यु भएको हो । घटनापछि प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
