सिँजार्पण काठमाण्डौँ ।। आर्थिक वर्ष ०८०र८१ मा २५ हजार सात सय ४६ कम्पनी दर्ता भएका छन् । यो आर्थिक वर्ष ०७९र८० को तुलनामा २०।२४ प्रतिशतले बढी हो । ०७९र८० मा २१ हजार चार सय १३ कम्पनी दर्ता भएको कम्पनी रजिस्ट्रार कार्यालयले जनाएको छ ।आर्थिक वर्ष ०८०र८१ मा २५ हजार सात सय ४६ कम्पनी दर्ता भएका छन् ।सरकारले गत आर्थिक वर्षको बजेटमार्फत एक रुपैयाँमा कम्पनी खोल्न सकिने व्यवस्था गरेपछि नयाँ कम्पनी खोल्नेको संख्यामा वृद्धि भएको हो । समीक्षा वर्षमा दर्ता रहने कम्पनीहरूमा प्राइभेट लिमिटेड ९प्रालि० बढी छन् । सो वर्ष २४ हजार तीन सय ४९ प्रालितर्फका कम्पनी दर्ता भएका छन् । यो आव ०७९र८० को तुलनामा १८।९१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २० हजार चार सय ७६ प्रालि दर्ता भएका थिए ।
नाफा आर्जन गर्ने उद्देश्यले दर्ता भएका अधिकांश व्यवसायी तथा उद्योगीले प्रालिमै कम्पनी दर्ता गर्छन् ।
पब्लिक लिमिटेडमा भने जम्मा ६६ कम्पनी खुलेका छन् । यो आव ०७९र८० को तुलनामा २१।४३ प्रतिशतले कम हो । हरहिसाब पारदर्शी राख्नुपर्ने, निश्चित पुँजी कायम राख्नुपर्नेजस्ता प्रावधानले पब्लिक कम्पनीतर्फको आकर्षण बढ्न सकेको छैन । गत उद्योग चलाउने उद्देश्यले बढी कम्पनी दर्ता भएका छन् । आव ०८०र८१ मा पाँच हजार ९५ उद्योग खोल्ने उद्देश्य बोकेका कम्पनी दर्ता भएका छन् । ०७९र८० मा तीन हजार नौ सय ६६ यस्ता कम्पनी खुलेका थिए । शिक्षा र स्वास्थ्यतर्फका कम्पनी पनि वृद्धि भएका छन् । यद्यपि, कृषितर्फका कम्पनी दर्ता भने ५।२६ प्रतिशतले कम भएका छन् ।
मुनाफा वितरण नगर्ने ९मुविन० कम्पनी दर्ता भने बढेको छ । कार्यालयअनुसार आव ०८०र८१ मा आठ सय १४ मुविन कम्पनी दर्ता भएका छन् । यो आव ०७९र८० भन्दा १९।५३ प्रतिशतले बढी हो । सो आवमा ६ सय ८१ यस्ता कम्पनी दर्ता भएका थिए । गैरसरकारी संस्था ९एनजिओ०को विकल्पमा चलाउन सकिने यस्तो संस्था दर्ता गर्न जिल्ला प्रशासन कार्यालयमा ९सिडिओ० झन्झटिलो प्रक्रिया हुने भएकाले कम्पनी रजिस्ट्रारको कार्यालयमा आकर्षण बढेको छ ।
देशमा विदेशी लगानी भित्र्याउने तथा शाखा खोल्ने उद्देश्य राखी पाँच सय १७ कम्पनी दर्ता भएका छन् । यो ०७९र८० मा दर्ता भएको एक सय ७२ भन्दा दुई गुणाले बढी हो ।
कोभिडपछि लगानीको वातावरण सहज बन्ने अपेक्षासहित विदेशी लगानी भित्र्याउन कम्पनी दर्ता गरी बस्नेको लहर चलेको देखिन्छ । योसँगै विदेशी लगानी प्रतिबद्धता पनि उल्लेख्य रूपमा आएको उद्योग विभागले जनाएको छ । ०८०र८१ मा ३८ अर्ब विदेशी लगानी प्रतिबद्धता भित्र्याउने लक्ष्य राखिएकोमा ६१ अर्ब ७८ करोड विदेशी लगानी प्रतिबद्धता आएको छ ।
एक हजार सात सय ३४ कम्पनी खारेजीमा
नयाँ कम्पनी दर्ता भएसँगै खारेजी हुने प्रवृत्तिमा पनि कमी आएको छ । कार्यालयअनुसार आव ०८०र८१ मा एक हजार सात सय ३४ खारेजी भएका छन् । यो आव ०७९र८० को तुलनामा २७।०८ प्रतिशतले कम हो । सो अवधिमा दुई हजार तीन सय ७८ कम्पनी खारेज भएका थिए । कोभिडपछि कम्पनी सञ्चालन गर्न नसकेर व्यवसायी खारेज गर्न बाध्य भएका थिए । तर, बिस्तारै आर्थिक सुधार हुने अपेक्षा बढ्दै जाँदा कम्पनी खारेज गर्नेको संख्यामा कमी भएको हुन सक्ने कार्यालयका अधिकारीहरू बताउँछन् । नयाँ पत्रिका वाट ।
