सिँजादर्पण, काठमाडौँ । कक्षा १२ को नियमिततर्फकाे परीक्षाफल सार्वजनिक भएको छ। सार्वजनिक परीक्षाफलमा एक लाख ८७ हजार २१ विद्यार्थी अनुत्तीर्ण (एनजी) भएका छन्। परीक्षामा सहभागी भएका नियमिततर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना अर्थात ४८ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका हुन्।
आज सार्वजनिक भएको नतिजामा ५२ प्रतिशत अर्थात २ लाख ३ हजा ८४७ जना विद्यार्थी उतीर्ण भएका छन्। त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेका छन् भने १०२ जनाको परीक्षा रद्द भएको छ। यस्तै १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थी १२ जना रहेका छन् । सबैभन्दा बढी बाग्मती प्रदेशमा एनजी आएकाे छ। ३८ हजार १४६ जनाकाे एनजी आएकाे हाे।
