Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

पक्राउ परे प्रधानमन्त्री ओलीको ज्यान लिने धम्की दिने सरकारी कर्मचारी


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, साउन २८, २०८१

पक्राउ परे प्रधानमन्त्री ओलीको ज्यान लिने धम्की दिने सरकारी कर्मचारी

सिँजादर्पण, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितलाई सामाजिक सञ्जालमार्फत हत्याको धम्की दिने एकजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

ओलीसहित एमाले नेता कार्यकर्ताहरूलाई मार्ने धम्की दिने धादिङको गजुरी गाउँपालिकाका खेलकुद प्रशिक्षक राजन लामालाई इलाका प्रहरी कार्यालय गजुरीले आइतबार पक्राउ गरेको हो ।

फेसबुकमा लेख्दै ओली र एमाले कार्यकर्तालाई गालीगलौज मार्ने धम्कीसहितको अभिव्यक्ति दिएका लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका लामामाथि साइबर व्युरो भोटाहिटीमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । ओली प्रधानमन्त्री भएपछि सामाजिक सञ्जाल फेसबुकबाट १७ हजारलाई एक महिनामा मार्ने धम्कीपूर्ण स्टाटस लामाले लेख्दै आएका थिए ।

लामालाई समाजिक सञ्जालमा लेखिएको, प्रेस विज्ञप्ति, र स्थानीय नागरिकबाट व्यापक गुनासो आएपछि आइतबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मिश्रले बताए । खेलकुदका प्रशिक्षकका रुपमा एक वर्षअघि नियुक्ति लिएका लामाले काट्ने, मार्ने, धम्क्याउने शब्दावली प्रयोग गरी एक महिनादेखि निरन्तर फेसबुकमा लेख्दै
आएका थिए ।

गजुरी गाउँपालिका वडा नम्बर ६ निवासी उनी नेकपा माओवादी केन्द्रका कार्यकर्ता हुन् । उनलाई गजुरी गाउँपालिकाले खेलकुद प्रशिक्षकको रुपमा भर्ना गरेको थियो । लामाले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र सरकारबीचको डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको विद्युत् महसुल विवादबारे सामाजिक सञ्जाल फेसबुक ओलीसहितलाई मार्ने भन्दै लेखेका थिए । यसलाई लिएर एमाले गजुरी गाउँपालिका कमिटी आपत्ति जनाएको थियो ।

लामालाई जथाभावी नलेख्न सुझाव दिँदा एमालेका स्थानीय नेता कार्यकर्ताको ज्यान लिन सक्ने उल्टे धम्की दिएको एमाले गजुरीका अध्यक्ष रामचन्द्र मिजारले बताए । स्थानीय तहमा कार्यरत कर्मचारी उनले पुष्पकमल दहाल प्रधानमन्त्रीबाट हटेपछि ओलीबिरुद्ध गाली गलौज गर्दै आएका थिए । लामाको व्यवहारबारे एमालेले गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठलाई पटक पटक जानकारी गराउँदा पनि मौन बसेपछि कानुनी विकल्प खोजिएको अध्यक्ष मिजारले बताएका छन् ।

लामा २०८० भदौ १३ गतेदेखि गजुरी गाउँपालिकाको खेलकुद प्रशिक्षकका रुपमा थिए । लामालाई साइबर ब्यूरोको टोलीले आइतबार नै काठमाडौं लगेर अनुसन्धान थालेको धादिङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn