सिँजादर्पण जुम्ला ।। जुम्लाको सिँजा स्थित ऐतिहसिक सिँजा दरबार परिसरमा जोडिएको प्रख्याद कनकासुन्दरी मन्दीरमा महानवमीको अवसरमा सयौको संख्यामा बोका र रागाँ वलि गरेका छन । रोगव्याधि र मनकामाना पुरा हुने जनविश्वास ले गर्दा यो मन्दिरमा बलि दिने परम्परा छ । कैयौ भक्त जनहरु आयर पुजाँ गर्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरवहादुर रावतले वताए ।
नेपाली हरुको महान चाड बडा दशैको प्रत्यक वर्षमा बलि दिने प्रचलन रहेको छ । कनकासुन्दरी मन्दीरमा सधै नित्य पुजाँ आजा गर्ने परम्परा शदियौ देखि हुदै आएको मुख्य पुजारी शालिक राम देवकोटाले वताएका छन । द्यारपाटा गाउँ र सिमपाटी गाउँका पुजाँरी हरुले आलोपालो गरी पुजाँगर्ने प्रचलन रहेको छ । मेलामा कतिपय भक्तजनहरु घोडाचढेर मन्दिरको मेला हेर्न आउछन । तर यसपालि भने घोडचढीको संख्या भने घटेको घोडामालिक मान वहादुर वुढाले वताए ।
यो मन्दिरमा बडा दशैको सन्दर्भमा नवरात्राको नौ दिन सम्म पुजाँआराधाना गरि दशसमीका दिन देवि विषर्जन गर्ने गरिन्छ । त्यसै दिन मान्यजन हरु बाट टिका थाप्ने चनल छ ।
आजकै दिन कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले नेपालको राष्ट्रिय झण्डा नयाँ फेरेका छन । पर्यटकनको विकास गरि मन्दिर सिँजाको पर्यटन प्रवर्दनका लागि आफुले तिनै तहका सरकारलाइ अपिल गर्ने वताए ।